Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नाबालिग बलात्कार गर्ने ४ जनालाई फाँसी

काठमाडौं, वैशाख ११- भारत प्रशासित जम्मू–कश्मीरको एक अदालतले एक नाबालिगको बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदन्डको फैसला सुनाएको छ।

फाँसीको सजाय सुनाइएकामा सादिक मीर, अजहर अहमद, जहाँगीर अशरफ र सुरेश कुमार छन्। ८ वर्ष पहिले उनीहरुले १३ वर्षीया ताबिन्दा गनीलाई अपहरण गरी बलात्कारपछि हत्या गरेका थिए।

कल्पनै गर्न नसकिने अपराधमा संलग्न रहेको भन्दै अदालतले ती चारैजनालाई दोषी किटान गर्दै फाँसीको सजाय सुनाएको समाचार इमेजखबरमा छ। चारैजना सन् २००७ को अगस्टदेखि जेलमा छन्। (एजेन्सी)





Comments

comments

Leave a Reply

5967