Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमाओवादी नेतृत्वको माेर्चामा काे रहेछन् त गद्दार र धोकेबाज?

काठमाडौं, वैशाख १२ – एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चामा एकले अर्कोलाई धोखा दिएर गद्दारी गरेको भन्दै आरोप-प्रत्यारोप चलेको छ।

एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकमा पनि यसले निरन्तरता पाएको समाचार अन्नपूर्ण पाेष्ट दैनिकमा छ। मोर्चामा आबद्ध मधेस केन्द्रित केही दल र जनजाति पृष्ठभूमिका दलले आन्दोलन फिर्ता लिएको भन्दै एमाओवादी नेतृत्वलाई ‘गद्दार’ को आरोप लगाए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ‘धोका’ भएको बताए।

संविधान सहमतिमा बनाउन सत्तासीन दललाई दबाब दिने भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रमअन्तर्गत चैतमा तीनदिने बन्द आह्वान गरेको थियो। पहिलो दिन बन्द भए पनि दोस्रो र तेस्रो दिनको बन्द फिर्ता लिइएको थियो।

गठबन्धनको संयोजकका हैसियतले दाहालले बाँकी दुई दिनको बन्द फिर्ता लिएका थिए। यही विषयलाई लिएर गठबन्धनमा चलेको जुहारीका कारण दुई सातासम्म बैठक बस्न सकेको थिएन।

मोर्चाको शुक्रबारको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बन्द कार्यक्रम फिर्ता लिएर धोका दिएको बताएका थिए। उनले बन्द फिर्ता लिनुको आवश्यकता र औचित्य पुष्टि गर्न दाहाललाई चुनौती दिए।

उनले दाहालप्रति कटाक्ष गर्दै भने, ‘बन्द फिर्ता लिन भन्दै बसेको बैठकमा चारतिर कब्जाको शैलीमा आफ्ना मान्छे राख्दै हाउभाउ शैलीमा एकपक्षीय निर्णय गर्नु आन्दोलनप्रतिको सबैभन्दा ठूलो गद्दारी हो।’





Comments

comments

Leave a Reply

5980