Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन जलाइयो तीन खर्ब नेपाली नोट…?

काठमाडौं, वैशाख १२– नेपाल राष्ट्र बैंकले ७० वर्षयता झन्डै ३ खर्बबराबरको नोट जलाएर नष्ट गरेको छ। नेपालले २००२ देखि कागजी नोट छपाइ गरेर चल्तीमा ल्याएको थियो। यस अवधिमा विभिन्न दरका गरी सात खर्ब ३२ अर्बबराबरका नोट छपाइ गरिएका छन्।

चलनचल्तीका नोट विभिन्न कारणले चल्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले प्रक्रिया पुर्याएर नष्ट गर्ने गर्छ। अहिलेसम्म विभिन्न दरका गरी दुई अर्ब ९७ अर्बबराबरका नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको छ।

चल्न नसकेका अवस्थामा पुगेका नोटहरु कहिले–कहिले नष्ट गरियो भन्ने तथ्यांक राष्ट्र बैंकसित छैन। उपत्यकामा नष्ट गरिएको नोटहरुको तथ्यांक मात्रै रहेको समाचार नयाँपत्रिका दैनिकमा छ।

१२ वर्षमा काठमाडौं उपत्यकामा मात्रै विभिन्न दरका गरी ५४ अर्ब ६८ करोडबराबरको नोट नष्ट गरिएका छन्। सो अवधिमा एक, दुई, पाँच, दश, २०, २५, ५०, सय, २५०, पाँच सय र हजार रुपैयाँ दरका गरी ५० करोड ६६ लाख थान नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको छ।





Comments

comments

Leave a Reply

5978