Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह 

काठमाडौं, वैशाख १२ – सरकारले विनाशकारी भूकम्पबाट देशका विभिन्न भागमा व्यापक जनधनको क्षति भएको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग आग्रह मानवीय सहायताका निम्ति अनुरोध गरेको छ।

भूकम्प पीडितलाई आपत्कालीन सहायता उपलब्ध गराउन तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव प्रकाशकुमार सुवेदीले बताउनुभयो।

भारतद्वारा उद्धार टोली परिचालन
भारत सरकारले भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्न परिचालन गरेको भारतीय वायुसेनाको विमान चिकित्सक टोली, सहायताकर्मी र राहत सामग्रीका काठमाडौं आइपुगेको छ।

विमानमा कम्बल, खाद्य सामग्री, उद्धार तथा खोजबिनका निम्ति आवश्यक पर्ने उपकरण लिएर भारतीय टोली आएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो।
– रासस

भूकम्पसम्बन्धी ताजा जानकारी





Comments

comments

Leave a Reply

6040