Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या ८,७८१ पुग्यो 

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, जेठ २७ –
देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी बुधबार १७:०० बजे सम्मको प्राप्त जानकारी अनुसार ८,७८१ जनाको ज्यान गुमेको छ भने २२,३०३ जना घाइते भएका छन्।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३१०२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७४७०, पश्चिम क्षेत्रमा १२४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन्। मृतक ८६८१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ। घाइतेमध्ये ४४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन्। त्रि.बि.बि. शिक्षण अस्पतालमा रहेको १५ शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी बल १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ८३ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी बल ३२ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको प्रहरीले जनाएको छ।

भिडियोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

5982