बेलायतमा यसरी मनाइयो महाकवि देवकोटा जयन्ती

कोमल मल्ल –

लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा ११३औँ महाकवि देवकोटा जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाइयो।

वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार पदक सुशोभन गर्नुहुँदै समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली साहित्यलाई विश्व स्तरमा फैलाउन महाकवि लक्ष्मीप्रसाद देवकोटको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्नु भयो । आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्नमुख गराउने सर्जकहरूलाई यसरी नइ रजतमहोत्सव पदक र परिषद्को रजतमहोत्सव पुरस्कारहरूद्वारा सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाको पुस्तक थेम्स नदीका नागवेलीहरू कवितासङ्ग्रह र पद्मीनी उपन्यासभित्र समेटिएका विषयवस्तुले साहित्यिको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर् याउने विश्वास व्यक्त गर्नु भयो।

समारोहमा परिषद्को रजत महोत्सव विशिष्ट साहित्य सम्मान पुरस्कार तथा पदक अभिनन्दन ग्रहण गर्नुहुँदै परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा.राघवप्रसाद धिताल OBE ले नेपाली साहित्य विकास परिषद् यूके ले बेलायती माटोमा नेपाली पहिचान फलाउने फुलाउने सराहनीय काम गरेको छ भन्नु भयो । सिर्जना गर्न प्रेणा जगाउनु र मुल्याङ्कन गरेर पुरस्कार सम्मानले प्रोत्साहित गर्नु परिषदका महत्वपूर्ण कार्य भएको चर्चा गर्नुहुँदै नेपालबाट नइ संस्थाले समेत बेलायतका सर्जकहरूलाई पुरस्कृत गरेर सराहनीय कार्य गरेको चर्चा गर्नु भयो।

अर्का वक्ता यती नेपाली एसोसिएसन युके का अध्यक्ष तथा परिषद्का वरिष्ठ सह अध्यक्ष कवि ध्रुव केसीले परिषद्को रजत वर्ष विशिष्ट पुरस्कार र नइ रजतमहोत्सवको पुरस्कारबाट सम्मानित साहित्यकारहरू र साहित्य सेवीहरूको योगदान नेपाली भाषा साहित्यको समृद्धिमा महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै परिषद्का पूर्व अध्यक्ष तथा विमोचित पुस्तकका लेखक वरिष्ठ साहित्यकार हरिसिंह थापाको कृतिहरूले नेपाली समाजको भावना बोकेको विचार व्यक्त गर्नु भयो।

समारोहमा महाकवि देवकोटा र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्व बारे प्रकाश पार्नु हुँदै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले नेपाली साहित्य र संस्कृतिको समृद्धिमा महाकवि देवकोटा र शतावब्दी पुरुष जोशीको योगदान अतुलनीय प्रेरणामूलक रहेको चर्चा गर्नु भयो । संस्थापक शाहले नेपाली साहित्यको वागडोर राष्ट्रीय अन्तराष्ट्रीयरूपमा समालिरहेको नइ प्रकाशन संस्थाले विश्वव्यापिरूपमा सर्जकहरूको मूल्याङ्कन र सम्मान गरेर नेपाली भाषा साहत्यलाई विश्व व्यापिरूपमा फैलाउन गहन योगदान र प्रोत्साहन पुर् याइरहेको चर्चा गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् युके ले नपाली साहित्यको समृद्धिका लागि नइसँग विभिन्न असरहरूमा सहकार्य गर्दै आइरहेको बताउनु भयो । यसैगरी वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले विमोचित पुस्तकहरू बारे समिक्षा गर्नु हुँदै लेखक हरिसिंह थापाले थेम्स नदीका नागवेलीहरू कविता सङ्ग्रहमा नेपाल र बेलायत दुई देशको सामाजिक सभ्यता र भौतिक विकास बारे तुलानात्मक प्रस्तुति गर्दै समृद्धिको बाटो देखाउने प्रयत्न गरेका छन् भने पद्मीनी उपन्यासमा अल्पज्ञान र रुढीवादी मानयिकतालाई छिचोल्दै सन्तति र पर्यावरणको महत्व बुझाउने प्रयत्न बढो कलात्मशैलीबाट गरेका छन् भन्नु भयो।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लले महाकवि देवकोटा र शताब्दी पुरुष सत्यमोहन जोसीको योगदान र महत्व नेपाली इतिहासमा सँधै चम्किरहने छ भन्नु हुँदै यी माहापुरुषहरूको सम्झना गरेर समाजमा प्रेरणा जगाउने कार्यमा नेपाली साहित्य विकास परिषद् युके निरन्तर लागिरहने छ भन्नु भयो । अध्यक्ष कोमल मल्लले विमोचित पुस्तकका लेखक र नइ पुरस्कारबाट पुरस्कृत हुनुहुने सर्जकहरूमा वधाई ज्ञापन गर्नुहुँदै नेपाली साहित्यको क्षेत्रमा नइ प्रकाशनको योगदान बारे चर्चा गर्नु भयो।

समारोहमा पूर्व अध्यक्ष तथा विमोचित पुस्तकहरूका लेखक वरिष्ठ साहित्यकार हरिसिंह थापाले आफ्ना कृतिहरू परिषद्ले प्रकाशन गरेकोमा आभारी रहेको बताउनु हुँदै आफ्ना कृतिहरूले देशको विकास र समाजको सोच परिवर्तनको चेतना जगाउने प्रयास गरेको चर्चा र्गनु भयो । नेपाली भाषा साहित्यको विकासमा अग्रिणी भूमिका निर्वाह गरिरहेको नइ प्रकाशनले यसरी देशविदेशका सर्जकहरूको मूल्याङकन गरेर थप प्रोत्साहन पुराइरहेको चर्चा गर्नु भयो।

अर्का वक्ता परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले महाकवि देवकोटाका सिर्जनाहरू विश्वमा गनीएका कविहरूको दाँजोमा रत्तिभर कमी नभएका हुनाले महाकविलाई विश्व कविको रूपमा पहिचान अगाडि बढाउनु पर्ने चर्चा गर्नु हुँदै यसको सुरुवात आफू नेपाली साहित्य विकास परिषद् युके को अध्यक्ष हुँदाखेरी नै सन् २०१० तिरैबाट कार्यशाला गोष्ठीको आयोजना गरी अन्तराष्ट्रीय साहित्य समाज बेलायत शाखाको सहभागिता समेत गराइअभियान अगाडि बढाइएको स्मरण गराउनु भयो।

यसअघि कार्यक्रमको सञ्चालन गर्नुहुँदै परिषद्की सह-महासचिव साहित्यकार डा.सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ ले साहित्य, सङ्गीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचन समेतको संयोजन गरेर महाकवि र शताब्दी पुरुष प्रति सम्झना र सम्मान प्रकट गर्न आजको कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो । नया नया सर्जकहरूको खोजी गर्ने र प्रकाशमा ल्याउने कार्य नेपाली साहित्य विकास परिषद् युके ले गर्दै आएको चर्चा गर्नुहुँदै साहित्यकार डा.सङ्गीता स्वेच्छाले विमोचित पुस्तकका लेखक र पुरस्कारबाट सम्मानित सबै सर्जकमा परिषद्को तर्फबाट वधाई ज्ञापन गर्नु भयो।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यापर्ण र राष्ट्रीय गानबाट सुरू भएको समारोहमा आरम्भ अघि वाङ्गमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको सम्झनामा एक मिनेट मौन धारण गरी सम्मान प्रकट गरिएको थियो । उक्त अवसरमा बुक हिल पब्लिकेसनको प्रकानद्वारा प्रकाशित गिरिस गिरी द्वारा लेखित डा. सत्यनोहन जोशी नामक पुस्तक बारे प्रकाश पार्दै सत्यनोहन जोशीको योगदान बारे चर्चा गरिएको थियो।

समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले वरिष्ठ साहित्यकार हरिसिंह थापद्वारा लेखित दुई पुस्तक पद्मीनी उपन्यास र थेम्स नदीका नागवेलीहरू कवितासङ्ग्रहको विमोचन गर्नु भएको थियो । उक्त अवसरमा परिषद्का कोषाध्क्ष वरिष्ठ कलाकार तथा कवि मनोज अन्जानद्वारा सारङ्गी बजाएर मंगल धुन प्रस्तुत गरिएको थियो।

यसैगरी महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले विगत साढे दुई दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुर् याउँदै आउनु भएका परिषद्का संस्थापनकाल देखिका वरिष्ठ आजीवन सदस्य बौद्धिक व्यक्तित्व द्वय प्रमुख सल्लाहकार तथा यती नेपाली एसोसिएसन युके का पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल OBE र परिषद्की वरिष्ठ सदस्य डा. जनककुमारी धिताललाई परिषद्को रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार र पदकद्वारा शुसोभन गराउनु भएको थियो।

समारोहमा महामहिम राजदूत आचार्यले नेपालबाट नइ प्रकाशनको रजत महोत्सवका अवसरमा बेलायतका सर्जकहरू कृष्ण बजगाँई, विजय हितान, घन बहादुर थापा मगर, सन्जु बजगाँई, वसन्त रायक्षेत्री, कोमल प्रसाद श्रेष्ठ मल्ल र सुरेशजङ्ग शाहलाई पुरस्कार सम्मान प्रदान गरिएको नइ रजत महोत्सव पदक तथा प्रमाण-पत्र शुसोभन गराउनु भएको थियो । उक्त अवसरमा परिषद्का कोषाध्यक्ष वरिष्ठ कलाकार तथा कवि मनोज अनजानद्वारा सारङ्गी बजाएर मंगल धुन प्रस्तुत गरिएको थियो ।

समारोहको दोस्रो चरणमा कविता वाचन गर्ने कविहरूमा वसन्त रायक्षेत्री, मदन थापा, हरिसिंह थापा, घनबहादुर थापा मगर, डा.सङ्गीता श्रेष्ठ’स्वेच्छा’ , विजय हितान, कोमलप्रसाद श्रेष्ठ मल्ल, कृष्ण बजगाँई र सुरेशजङग शाह हुनुहुन्थ्यो भने वाचनका लागि कविता पठाउने कविहरूमा वासुदेव साप्कोटा, हिन्दमैञा वैद्य र नेपालबाट वरिष्ठ कवि डा. गोपाल पौडेल हुनुहुन्थ्यो।

परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्वमा परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती नेपाली एसोसीएसन युके का अध्यक्ष ध्रुव केसी को स्वागत मन्तव्य र परषद्की सहमहासचिव सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ को संचालन रहेको समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष परिषद्का सल्लाहकार वरिष्ठ कलाकार मदन थापा, मगर संघ युके का संरक्षक तथा परिषद्का सल्लाहकार घनबहादुर थापा मगर ,बिबिसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार तथा गीतकार सुमन खरेल, समकालीन साहित्य युके का अध्यक्ष वरिष्ठ साहित्यकार कृष्ण बजगाँई, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष साहित्यकार विजय हितान, वरिष्ठ गायीका कलाकार सीतु खरेल, नेपाली राजदूतावासका कुटनीतिज्ञ तृतीय सचिव रामबाबु नेपाल लगायतका व्यक्तित्वहरूको उत्साहवर्धक सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा रमाइलो जलपानको आयोजना गरिएको थियो । समारोह सफल बनाउन आर्थिक तथा भौतिक सहयोग प्रायोजन गर्नुहुने संस्थाका वरिष्ठ व्यक्तित्वहरू डा.राघवप्रसाद धितालOBE, डा.जनककुमारी धिताल, ध्रुव केसी, हरिसिंह थापा, देवकुमारी थापा,घनबहादुर थापा मगर, सीतु खरेल, ज्ञानेन्द्र राउत, मनोज अन्जान,कोहिनूर मल्ल लगायत समारोह हल प्रायोजन गराउनु हुने एबिआई कलेजका प्रोप्राइटर तथा परिषद्का सल्लाहकार कृष्ण भट्ट र सारङ्गीमा मङ्गल धुन प्रस्तुत गर्नु हुने परिषद्का कोषाध्यक्ष वरिष्ठ कलाकार कवि मनोज अन्जान लगातका सहभागी सम्पूर्ण अतिथि तथा कविहरूमा परिषद्का अध्यक्ष कोमल मल्ल र सहमहासचिव डा.सङ्गीती श्रेष्ठ’स्वेच्छ’ले परिषद्को तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो।





Comments

comments

60061