दक्षिण कोरियामा भएको भागदौडमा १५१ जनाको मृत्यु, १९ विदेशी…

हिजो साँझ हेलोवीन मनाउने क्रममा दक्षिण कोरियामा भएको भागदौडमा परेर मृत्यु हुनेको संख्या १५१ पुगेको छ। घटनामा ८२ जना घाइते भएका छन्।

सियोलको योङसान जिल्लाको इटावोनमा भागदौडमा मृतकको संख्या बढ्न सक्ने बतााइएको छ। स्थानीय अग्निनियन्त्रक अधिकारीहरुका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमध्ये १९ जना विदेशी रहेका छन्।

[wds id=”25″]

मेनल्याण्ड मिडियाले मृत्यु हुनेहरुमा चिनियाँ नागरिकको संख्या बढेर ३ पुगेको तर उनीहरुको परिचय खुल्न नसकेको समाचारमा उद्धृत गरेको छ।

सिन्ह्वा समाचारका अनुसार दुर्घटनामा ८२ जना घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ।

शनिबार राति प्रख्यात नाइटक्लब इटावोन जिल्लाको एउटा होटलको छेउमा रहेको साँघुरो गल्लीमा दुर्घटना भएको हो। अगाडिका मान्छेहरु लडेका थिए, पछाडिका मान्छेहरु कुचिएका थिए।

हेलोवीन पार्टीमा लगभग १ लाख मानिस सहभागी भएको अनुमान गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

60358