Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ : युन लङ स्विमिङ पुलमा डुबेर महिलाको मृत्यु.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ : युन लङ स्विमिङ पुलमा डुबेर महिलाको मृत्यु..

एचकेनेपाल डट कम –

हङकङ, ३० अक्टोबर । युन लङ स्विमिङ पुलमा डुबेर आज (आइतवार) विहान एक महिलाको मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार आज बिहान करिब ८.५३ बजे युन लङको १० नम्बर ताई युक रोडमा रहेको युन लङ स्विमिङ पुलमा एक महिला डुबेर कोमामा परेकी थिइन्।

घटनास्थलमा रहेका लाइफगार्डले पीडितलाई उद्धार गरी उपचारका लागि पोक ओइ अस्पताल पुर्‍याए पनि अन्ततः उनको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरी अनुसन्धानपछि मृतकको थर वोङ (६६ वर्ष) रहेको र उनको परिवारलाई खबर गरिएको जनाइएको छ।





Comments

comments

60364