न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ नोभेम्बर । हङकङ अब्जरभटरीले बुधवार दिउंसो १:४० बजे सामुद्रिक आँधी (No. 8 Northwest Gale or Storm Signal) जारी गरेको छ। आँधीका कारण हङकङको जनजीवन प्रभावित बनेको छ।
विहानदेखि सर्वसाधारणको सुरक्षाका लागि केही सार्वजनिक सेवाहरु बन्द गरिएका छन्। आँधीकाका कारण फेरी (जलमार्ग), अधिकांश बस सेवाहरु, व्यापरिक प्रतिष्ठानहरु बन्द हुने भएका छन्।
[wds id=”25″]
आँधीबेहरीका कारण शिक्षा विभागले दिनभर हङकङको विद्यालयहरु स्थगित भएको घोषणा गरेको छ। विभागले हङकङका सबै शैक्षिक प्रतिष्ठानहरु किन्डरगार्टेन, प्राथमिक माध्यमिकलगायत सबै विद्यालयहरु बन्द गरिएको घोषणा गरेको छ।
हङकङ अब्जरभटरीले नागरिकहरुलाई समुद्री किनारबाट टाढा रहन र वाटर स्पोर्ट्सहरुमा संलग्न नहुन अपिल गरेको छ।
फिलिपिन्समा अधिकारीहरूले उष्णकटिबंधीय आँधीबाट मृत्यु हुनेको संख्या ११० भन्दा बढी पुगेको जनाएको छ।