Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनआरएन अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल बिजयी

विजय थापा / एचकेनेपाल डट कम –
बैशाख १३ , वाशिंगटन डिसी। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ५ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै अध्यक्ष पदमा डा. केशव पौडेल निर्वाचित भएका छन्।


अध्यक्ष पदमा करीब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए।

मतदान अप्रिल १६ देखि अप्रिल २० तारिख मध्ये रातिसम्म बिद्युतीय मतदान तथा मतपत्र मतदान गरिएको थियो। शनिबार सम्पन्न मत गणना अनुसार डा. पौडेलका निकटतम प्रतिद्वन्दी गणेश कुँवर दोश्रो स्थानमा रहेका थिए।

डा. पौडेलले आफ्नो चुनाबी अभियानमा अमेरिकामा भएका नेपाली समुदायका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्ने छु भनि प्रतिबद्धता जाहेर गरेका थिए। निर्वाचनमा बिजयी भएमा सर्वप्रथम के काम गर्नु हुन्छ भन्ने सवालमा एनआरएन अमेरिकाको संगठनलाई बलियो बनाउने छु। अमेरिकाभर रहेका नेपालीहरुलाई यो संस्थामा सदस्य लिन मन लगाउने प्रकारका कार्यक्रम ल्याउने छु भनेका थिए।

यसै गरी, वरिष्ठ उपाध्यक्ष पदमा एनआरएन अमेरिकाका महासचिब न्युयोर्कका कृष्ण पोख्रेल बिजयी भएका छन्। ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमशः न्युयोर्ककि बन्दना कोइराला ,बाल्टिमोरकी रबिना थापा ,डिल्ली राम भट्टराई तथा राम चन्द्र पोख्रेल निर्वाचित भएका छन्।

यसै गरी महासचिबमा तिल बहादुर श्रेष्ठ बिजयी भएका छन् भने सचिबमा शंकर खड्का, सहसचिवमा संगीता ‘लम्साल’ सिवाकोटी, कोषाध्यक्षमा वेद बस्नेत र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहेका छन्।

सदस्यहरुमा क्रमशः गोमा शेन, सुर्य लम्साल, हरिश चन्द्र हमाल, मोहन बहादुर ज्ञवाली, बिनोद तिवारी, शिब राज पौडेल , विष्णुमान प्रधान, गोबिन्द श्रेष्ठ, सतेन्द्र शाह तथा सुशील रेग्मी बिजयी भएका छन्।

प्रमूख निर्वाचन संयोजक अधिबक्ता विनोद रोकाको नेतृत्वमा शनिबार न्युयोर्कमा मतगणना सम्पन्न गरिएको थियो।





Comments

comments

Leave a Reply

6061