भूकम्पले देश तहसनहस पारेपछि विदेशका नेपालीहरूको प्रेस विज्ञप्ति


ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ, बेलायत
प्रेस बिज्ञप्ति-
हाम्रो मातृभूमि नेपालमा आज मिति १२।०१।२०७२ मा गएकोे अत्यन्त विनाशकारी भूकम्पले हामी सबै नेपालीहरुलाई अत्यन्त मर्माहित बनाएको छ। हाम्रा हजारौ नेपाली दाजुभाई दिदीबहिनीहरुको देहान्त हुनुको साथै ठूलो संख्यामा बेपत्ता भईरहेको, ऐतिहासिक धरोहर, संस्कृतिक सम्पदाहरु ध्वस्त भएको र अरबौको आर्थिक क्षति भएको यो अत्यन्त दुःखद घडीमा हरेक नेपालीको मन रुनु स्वभाविक छ। हामी सबैको साझा शोक अनि चोटमा धैर्य धारण गर्दै देश–विदेशका नागरिक समाज तथा सँघसँस्थाहरु एकजुट भई हाम्रो राष्ट्रिय विपदमा सक्दो सरसहयोग जुटाउनुको विकल्प छैन।

यो संगिन घडीमा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ तथा समग्र भू पू गोर्खा सेना परिवार, हाम्रो राष्ट्र– हाम्रो जननीको बिनाशकारी समस्यामा दुःख ब्यक्त गर्दछ। शोक सन्तप्त परिवारमा समबेदना प्रकट गर्दै मृतकहरुमा श्रद्घाञ्जलि –श्रद्घासुमन अर्पण गर्नुको साथै सम्पूर्ण घाइते दाजुभाई दिदीबहिनीहरुको शिघ्र स्वस्थ लाभको कामना गर्दै यो दुःखमा हामी यहाँहरुको साथ रहेको कुरा जाहेर गर्दछौ। तत्काल हामी राहत तथा योजनाबद्ध पुन निर्माण कार्यक्रम सरिक हुने प्रण गर्दै बिभिन्न सँघ– सँस्था, दातृ निकायहरुलाई समेत हाम्रो यो दुःखमा कुनै न कुनै रुपमा साथ दिनको लागि हार्दिक अपिल गर्दछौ।

अध्यक्ष
पदम सुन्दर लिम्बु
महासचिव
छिरिंग शेर्पा
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ, बेलायत

………………………………………………………………….

नेपाली जनएकता समाज, बेलायत
प्रेस–बिज्ञप्ति

हाम्रो मातृभूमि नेपालमा आज मिति १२।०१।२०७२ मा गएकोे अत्यन्त विनाशकारी भूकम्पले हामी सबै नेपालीहरुलाई अत्यन्त मर्माहित बनाएको छ । हाम्रा हजारौ नेपाली दाजुभाई दिदीबहिनीहरुको देहान्त हुनुको साथै ठूलो संख्यामा बेपत्ता भईरहेको, ऐतिहासिक धरोहर, संस्कृतिक सम्पदाहरु ध्व्स्त भएको र अरबौको आर्थिक क्षति भएको यो अत्यन्त दःुखद घडीमा हरेक नेपालीको मन रुनु स्वभाविक छ । हामी सबैको साझा शोक अनि चोटमा धैर्य धारण गर्दै देश–विदेशका नागरिक समाज तथा सँघसँस्थाहरु एकजुट भई हाम्रो राष्ट्रिय विपदमा सक्दो सरसहयोग जुटाउनुको विकल्प छैन ।

यो संगिन घडीमा बेलायतवासी सम्पूर्ण क्रान्तिकारीहरुको एकल साझा सँस्था नेपाली जनएकता समाज बेलायत हाम्रो राष्ट्र– हाम्रो जननीको बिनाशकारी समस्यामा दुःख ब्यक्त गर्दछ। शोक सन्तप्त परिवारमा समबेदना प्रकट गर्दै मृतकहरुमा श्रद्घाञ्जलि –श्रद्घासुमन अर्पण गर्नुको साथै सम्पूर्ण घाइते दाजुभाई दिदी बहिनीहरुको शिघ्र स्वस्थ लाभको कामना गर्दछ र यो दुखमा हामी यहाँहरुको साथ रहेको कुरा जाहेर गर्दछौ । तत्काल हामी राहत तथा योजनाबद्ध पुन निर्माण कार्यक्रम सरिक हुने प्रण गर्दै बिभिन्न संघ– संस्था , दात्री निकायहरुलाई समेत हाम्रो यो दुःखमा कुनै न कुनै रुपमा साथ दिनको लागि हार्दिक अपिल गर्दछौं।

संयोजक
पूर्ण लोक्सोम

सचिब
सुरेन्द्र श्रेष्ठ
नेपाली जनएकता समाज, बेलायत

………………………………………………………………….

हार्दिक श्रद्धान्जलिसहित संयुक्त नेपाली मोर्चा युरोपद्धारा सहयोगको अपिल
आज मिति १२ वैसाख २०७२ ( २५ अप्रिल २०१५) का दिन दिउसो काठमाण्डौ उपत्यका वरिपरि केन्द्रविन्दु बनाउदै देशका विभिन्न भागमा आएको विनाशकारी भूकम्पले पुर्याएको मानविय तथा भौतिक क्षतिले सारा विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दुखी र स्तव्घ वनाएको छ।

हालसम्म प्राप्त जानकारी अनुसार एक हजार भन्दा वढिको मृत्यु भै सकेको र यो संख्या अझै वढ्न सक्ने देखिएको छ। यस विनासकारी भूकम्पमा परि ज्यान गुमाउनु हुनेहरुप्रति भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्दछौं। भवन भत्किएर पुरिएकाहरुको उद्धार कार्यमा तिव्रता दिन, विपतमा परेकाहरुको वैकल्पिक राहात पुर्याउन तथा घाइतेहरुको उपचारार्थ सहयोग पुर्याउनका लागि अनुरोध गर्दछौं।

यस्तो प्राकृतिक प्रकोपको दुःखत घडीमा आवश्यक राहात र सहयोगका हातहरुको गोलवन्द गर्न संसार भरी छरिएर रहनु भएका नेपालीहरुले जहांजहांबाट जे जस्तो आर्थिक तथा भौतिक सहयोग गरिदिनु हुनका लागि संयुक्त नेपाली मोर्चा, युरोप अनुरोधका साथ अपिल गर्दछ। साथै यस मोर्चा मातहतका युरोप भरि रहेका सबै संगठनहरुलाई पनि तदारुकताका साथ सहयोगको अभियानमा लाग्न अपिल गर्दछौं।

अध्यक्ष
सुरेन्द्र भुसाल

महासचिव डा. कृष्ण अर्याल
संयुक्त नेपाली मोर्चा, युरोप
मितिः २५ अप्रिल, २०१५

………………………………………………………………….

विश्वभर छरिएर रहेका प्रिय नेपाली नेपाली दाजुभाई दिदीबहिनीहरु,
गत राति गएको 7.9 रेक्टर स्केलको प्रलयकारी महाभूकम्पले झन्डै १५०० जनाको ज्यान लिसकेको नराम्रो खवर तपाईं हामी सबिलाई थाहा भएकै कुरा हो। यस्तो अवस्थामा हामी सबैले आफ्ना देशवासी प्रियजनहरुको सहायता गर्नु हाम्रो मानविय धर्म मात्र नभै परम कर्तव्य समेत् हो। राहत संकलन बितरण र बैज्ञानिक व्यवस्थापना तत्काल गर्न नसकिएमा हाम्रा थप धेरै प्रियजनहरुले रोग, भोक र निराशाले ज्यान गुमाउन पर्नेछ। आपतकालिन राहत कोष सँकलन गर्न बिभिन्न संघ सस्थाले आव्हान गर्नु भएको कुरालाई नेपाल विश्व सहयोग संघ हार्दिक स्वागत गर्दछ। यस्तो दु:खद घडीमा चन्दा उठाउने कुरा आफैमा राम्रो हुँदाहुँदै पनि एकै क्षेत्रमा धेरै संस्थाहरुले चन्दा उठाउने प्रयास गरेमा चन्दादाताहरुलाई बातावरण असहज हुनसक्ने भएकोले सस्थाहरुको बीच सहकार्य समन्वय भएमा यो पुनित कार्य अझ बढी सरल र फलदायी हुने हुनाले संसारभर रहेका सम्पूर्ण संघ सस्थाहरुलाई सहकार्य र कार्यगत एकता गर्न आव्हान गर्दछ। नेपाल विश्व सहयोग संघका सम्पूर्ण च्याप्टरहरुलाई यसै आव्हान अनुसार गर्न समेत मैत्रिपूर्ण सूचना दिईन्छ।

मणी नेपाली पनेरु
सस्थापक अध्यक्ष
नेपाल विश्व सहयोग संघ

………………………………………………………………….

गैरआवासीय नेपाली संघद्धारा भूकम्प पीडितको उद्धार एबम राहतमा जुट्ने प्रतिबद्धता एबं आब्हान
नेपालमा शनिबार मध्याहृ आएको विनाशकारी भूकम्पले अत्यधिक धनजनको क्षेती गरेपश्चात बसेको गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्येकारी सचिबालायको आकस्मिक बैठकले यस विनासकारी दैबी पर्कोपप्रति संघको गम्भीर ध्यानाकर्षण गरेको छ।

संघका अध्यक्ष शेष घलेको संयोजकत्वमा बसेको उक्त बैठकमा यस आपतकालीन अबस्थामा भूकम्पद्वारा घाइते र घरबारबिहीनहरुको तत्काल राहत एबम उद्दार सम्बन्धि बृहद छलफल गरियो। बैठकले विस्वभर छरिएका संघका राष्ट्रिय समन्वय समितिका अध्यक्षहरुसहितको बृहत भुकम्प पीडित राहत एबम उद्धार समिति बनाउने निर्णय गर्यो। यसै गरि बैठकले सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरुका अध्यक्षहरुको संयोजकत्वमा बृहत भ्रूकम्प पीडित राहत एबम उद्दार समिति गठन गरी भूकम्प पीडित राहत एबम उद्दार कोष संकलन कार्यलाई तत्काल तिब्र पार्न परिपत्र गर्ने समेत निर्णय गर्यो।

अध्यक्ष शेष घले एबं श्रीमती जमुना घलेद्वारा “एनआरएनए भूकम्प पीडित राहत एबम उद्दार कोष” मार्फत तत्काल दुइ करोड प्रदान
गैरआवासीय नेपाली संघका अधक्ष्य शेष घले एबम श्रीमती जमुना घलेले “एन आर एन ए भूकम्प पीडित राहत एबम उद्दार कोष” मार्फत तत्काल दुइ करोड प्रदान गर्ने हुनुभएको छ। विनाशकारी भूकम्पले अत्यधिक धनजनको क्षति गरेको र नेपालमा एतिहासिक बिपत्ति परेको खबर पाउनासाथ संघको तर्फबाट राहत र उद्दारमा जुट्न अध्यक्ष घले नेपाल प्रस्थान गर्न मेलबर्न एरपोर्ट पुग्नुभएकोमा नेपालको एरपोर्ट बन्दका कारण उहालाई एरपोर्टबाट फिर्ता पठाइएको छ। उहाँ भारत भएर जाने वा एयरपोर्ट खुल्ने खबर पर्खिने सम्बन्धि सल्लाह लिराख्नुभएको छ।

उपाध्यक्ष भबन भट्टद्वारा “एनआरएनए भूकम्प पीडित राहत एबम उद्दार कोष” मार्फत तत्काल एक करोड प्रदान
गैरआवासीय नेपाली संघका उपाध्यक्ष भबन भट्टले जापानस्थित एनआरएनहरु एबम सम्पूर्ण संघ संस्थाहरुको सहभागितामा बनेको भूकम्प पीडित राहत एबम उद्दार समितिको अध्यक्षता गर्दै आफ्नो तर्फबाट एक करोड रुपैयाँ तत्काल प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

संघका अन्य पदाधिकारीहरुबाट तत्काल राहत कोषमा प्रतिबद्धता
उक्त आकस्मिक बैठकमा संघका उपाध्यक्ष टीबि कार्कीले एक लाख एक हजार रुपैया, महासचिब कुमार पन्तले दस लाख रुपैया एबम सचिब रन्जु थापा र प्रबक्ता मन केसीले प्रतिव्यक्ति एक लाख एक हजार रुपैयाको प्रतिबद्धता जनाउनु भएको छ। भोलिदेखि सम्पूर्ण एनआरएनहरु एबम बृहद समुदायमा आब्हान गर्ने र पारदर्शी रुपमा रेपोर्टिंग गर्दै जाने संघको योजना रहेको छ।

मन के सी
प्रबक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय समिति

………………………………………………………………….

भूकम्पपीडितको सहयोगार्थ चन्दा संकलन अभियान
नेपालमा अप्रिल २५, २०१५ मा गएको 7.9 हेक्टरको भूकम्पले हजारौ नेपालीहरुको ज्यान लग्यो, नेपालको ऐतिहासिक संरचनाहरु तहसनहस बनाउदै नेपाल र नेपालीलाई ठूलो धन जनको नोक्सान बानाएको छ। दैवी प्रकोप कसैको नियन्त्रणमा छैन। मानवीयता र नेपालीको नाताले आपतमा परेका हाम्रा आफन्तहरुलाई आर्थिक सहयोग गर्ने उदेश्यले एनडब्लुजीएन क्यालीफोर्निया च्याप्टर टिमले आज मिति अप्रिल २५, २०१५ को दिन ” भूकम्पपीडित चन्दा संकलन अभियान” शुरु गरेको छ। यस अभियानमा तीन हाप्तभित्र हृदयदेखि आफूले सकेको चन्दा दिएर आफ्ना नेपाली दिदीबहिनी दाजुभाईहरुको दुखमा साथ दिनु हुन बिनम्र अनुरोध गर्दछु। साथै तपाईले दिनुभएको चन्दाको ट्याक्स दिडक्सन गर्न सक्नुहुनेछ।

सहयोग दिनको लागि निम्नलिखित व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला।
Bishnu Gurung “Ekata” – (415) 350 1199
Geeta Shrestha – (510) 384 0247
Sangeeta Gurung – (415) 860 5792
Apsara Khadka Sijapati – 650 335 5889
Sunita Thapa – (408) 661 8113

Thank you,
Bishnu Gurung “Ekata”
President, NWGN California Chapter

………………………………………………………………..

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिको प्रेस बिज्ञप्ति
हाम्रो प्यारो मातृभूमि नेपालमा हालै गएको शक्तिशाली भूकम्पले पुर्याएको क्षतिमा हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति परिवार मर्माहत भएका छौं । क्षतिबाट दिवंगत हुने हाम्रा प्रिय दाजुभाइ दिदी बहिनीहरु, आफन्तहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त शोकाकूल परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौं । राष्ट्रिय शोकको यस घडीमा स्वदेश तथा बिदेशमा रहनुभएका हाम्रा आदरणीय दाजुभाइ, दिदीबहिनी, साहित्यकारहरुलाई बिचलित नभईकन धैर्य धारण गर्न पनि अनुरोध गर्दछौं ।

यतिखेर भौतिक रुपमा नेपाल भित्रका नेपाली दुखिरहेका छन् भने मानसिक रुपले बिदेशमा बस्ने हामी नेपाली दुखिरहेका छौ । यस दुखद घडीमा आआफ्ना क्षेत्रबाट सक्दो सहयोग पुर्याउन आजीवन सदस्य, ट्रस्टी सदस्य, च्याप्टर पदाधिकारीहरु, सदस्यहरु, साहित्यकारहरु र अन्य दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

सधन्यबाद,
अध्यक्ष
पदम बिश्वकर्मा
महासचिव
गोवर्धन पूजा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति

………………………………………………………………..

गैरआवासिय नेपाली संघ, मलेसिया
प्रेस विज्ञप्ति-
आज मिति २०७२ बैशाख १३ गते गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलको अध्यक्षतामा आकस्मिक बैठक सम्पन्न भयो। बैठकले नेपालमा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको छ। घाईते तथा विपदमा परेकाहरुको उद्दारका लागि सबैलाई सहयोगको हात अघि बढाउन पनि बैठकले आव्हान गर्ने निर्णय गरेको छ।

नेपालमा भएको भुकम्पको यो महाविपदमा राहत सहयोग संकलन गर्न मलेसियामा तीब्र अभियानहरु संचालन गर्ने निर्णय गरिएको छ। क्वालालम्पुरस्थित एनआरएन कार्यालयमा सम्पन्न बैठक हलमै सहभागीहरुबाट ३ लाख ७३ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको जानकारी गराउँदछौं।

नेपालमा परेको विपदमा सहयोग जुटाउन बैंक खाता खोल्ने समेत निर्णय गरिएको जानकारी गराउन चाहन्छौं। हामी अन्य निकाय र संघसंस्थाहरुसंग समेत सहकार्य गरेर सहयोग संकलन र उद्धारको कार्यलाई तिब्रता दिन सक्रिय रहनेछौं। राहत संकलनको यो अभियानमा नगद, औषधी, कपडा लगायतका राहतका सामग्री समेत संकलन गर्ने निर्र्णय गरिएको छ। यो अभियानमा सहभागि हुन सबैलाई आग्रह समेत गर्दछौं।

……………….
अध्यक्ष
शंकरबहादुर पौडेल
गैरआवासिय नेपाली संघ, मलेसिया

………………………………………………………………..

उद्दारको लागि सबैमा हार्दिक अपिल गर्दै श्रद्दानजलि र सम्बेदना ब्यक्त !
यहि २५ अप्रिल २०१५ कादिनबाट लगातार घटिरहेको अप्रिय प्राकृतिक बिनाशकारी भुईचालोबाट हज्जारौ हाम्रा प्यारा नेपालिहरुको असामयिक मृत्यु भ​एकोमा हाम्रो सँयुत्त किरात समाज बेल्जियमको तर्फबाट म​ृतात्माहरुप्रति हार्दिक श्रद्दाञलि अर्पण गर्दै अन्य घाईतेजनहरुको सिघ्र स्वास्थ्य लाभको कामनासहित शोकसन्तप्त परिवारजनमा भावबिभ्हल भै गहिरो समबेदना ब्यक्त गर्न चाहन्छ। साथै यस दुखद घडिमा सबै ब्यक्ति , समुदाय , संघसंस्था र सरकारबाट छिटोभन्दाछिटो घाईतेजन र घरबारहिन भएकाहरुको लागि उद्दार कार्य तिब्र गतिमा अघि बढाउन सक्रिय सहभागिता रहोस् भनि हाम्रो संस्था जोरदार अपिल समेत गर्दछ।

मुना राई
अध्यक्ष
सन्युक्त किरात समाज बेल्जियम !
सँयुत्त किरात समाज बेल्जियम !

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6091