एनआरएन अफ्रिकाले भूकम्पपीडितलाई १५ लाख सहयोग जुटायो

बैशाख १५ ,वाशिंगटन डिसी
विजय थापा। एनआरएनएका अफ्रिकास्थित शाखाहरुले नेपालका भूकम्पपीडित स्वजनहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन्|

एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार आजसम्म एनआरएनए नाइजेरियाले ६ लाख, एनआरएनए केन्याले ५ लाख, एनआरएनए तान्जानियाले ४ लाख रुपैया सहयोग संकलन गरि सकेका छन्|

यसका साथै जाम्बिया, युगान्डा र अन्य शाखाहरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ|

​अछाम घर भएका ​एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भूकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनी त्यस समय धरान हात्तिसारस्थितमा खाद्य प्रविधिमा अध्ययनरत थिए।





Comments

comments

Leave a Reply

6171