एचकेनेपाल डट कम संवाददाता
हङकङ, वैशाख १५ – गत शनिवार नेपालमा गएको महाभूकम्पमा परि हङकङबासी एक नेपालीको मृत्यु भएको छ। त्यसै गरी, नेपाल भ्रमणमा रहेका १५ जना हङकङ नागरिक बेपत्ता भएका छन्।
काठमाडौं पुगेर काम शुरू गर्दै अध्यागमन विभागका अधिकारीहरू। फोटोः साउथ चाइना मर्निङपोष्ट
हङकङबासी ४२ वर्षीय एक नेपालीको भूकम्पमा परी मृत्यु भएको हङकङ सरकारले पुष्टि गरे पनि उनको परिचय सार्वजनिक गरेको छैन।
यो विपत्तिमा मृत्यु हुने हङकङको उनी पहिलो व्यक्ति हुन्।
नेपालीमूलका आफ्ना एक नागरिकको मृत्यु र १५ जना बेपत्ता भएपछि हङकङ सरकारले अध्यागमन विभागका तीन अधिकारीलाई मंगलवार खोजी तथा उद्धारको लागि नेपाल पठाएको छ।
नेपाल भ्रमणमा रहेका अन्य २६ जना भने सुरक्षित रहेका छन्। नेपाल गएका आफ्ना प्रियजन हराएपछि सहयोगका लागि ४१ वटा अपिल विभागलाई प्राप्त भएको थियो।