Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पसम्बन्धी आतंक फैलाउने ३ पत्रकार पक्राउ

काठमाडौं, वैशाख १५ – भूकम्प सम्बन्धी आतंक फैलाउने समाचार सम्प्रेषण गर्ने ३ पत्रकारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नेपाली हेडलाइन्स डटकमका कार्यकारी सम्पादक सरोज गौतम, डेक्स सम्पादक सचित देबकोटा र कार्यकारी निर्देशक गीता भट्टराई छन्।

उनीहरूले बैज्ञानिक समेतको हवला दिँदै ‘बैज्ञानिक भन्छन्: अझै ठूलो भूकम्प आउन बाँकी नै छ’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए।

सम्प्रेषित समाचारले जनमानसमा डरत्रास, आतंक फैलाउने खालका भन्दै उनीलाई काठमाडौं बुद्धनगरबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो।

उनीहरूबारे थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

6183