Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जोमसोममा जमिन भासिन थाल्यो, १६ वटा घर ढले

म्याग्दी, वैशाख १५ – मुस्ताङ सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा धमाधम जमिन भासिन थालेपछि जनजीवन त्रसित बनेको छ।


फोटो: गोपाल छन्त्याल

मंगलबार बिहानैदेखि जमिन भासिन थालेपछि जोमसोमस्थित कालीगण्डकी आसपास क्षेत्रका करिब १६ वटा घर ढलेका छन्। ति घरहरुमा पूर्ण रुपमा क्षति पुगेको स्थानीय निरज थकालीले जानकारी दिए।

उनका अनुसार, कुनै धक्का महसुस बिना नै जमिन भासिन थालेका छन्। ‘यो क्रम अझै रोकिएको छैन्, निरन्तर जमिन भासिन थालेपछि यहाँ ठूल्ठूला प्वालहरु देखिन थालेका छन्, जनजीवन भयंकर त्रसित छ, थकालीले भने, ‘यस्तै हो भने यस क्षेत्र सखाप हुन समय लाग्दैन्।’

शनिबार आएको महाभुकम्पमा कारण केहि घरहरुमा क्षति पुगेको जिल्लामा मंगलबार बिहानैदेखि एक्कासी जमिन भासिन थालेपछि सदरमुकाम जोमसोम उच्च जोखिममा परेको छ।

जमिन भासिएपछि जोमसोमलाई जोड्न कालीगण्डकीमाथि निर्माण गरिएको काठको झोलुङ्गे पुल क्षतिग्रस्त बनेको समाचार अन्नपूर्णपोष्ट दैनिक अनलाइनमा छ।

त्यहाँबाट सर्वसाधारण आवतजावत गर्न सक्ने अवस्था छैन। जिल्लाको उपल्लो क्षेत्रमा जाने सर्वसाधारणले त्यही पुलको प्रयोग गर्न भएकोले पुल जीर्ण बनेसंगै स्थानीयलाई शास्ती पुगेको छ।

एक्कासी जमिनहरु भासिन थालेपछि जिल्लास्तरीय दैवी प्रकोप उद्धार समन्वय समितिको आपतकालिन वैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए।

‘जिल्लामा ठूलै सँकट आएको छ, देशव्यापीमा आएको भन्दा यहाँको समस्या अलि भिन्न छ, त्यसैले के गर्ने भन्ने विषयमा वैठक बस्दै छौँ, प्रजिअ बरालले भने, ‘क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ।’

भूकम्पका कारण यसअघि नै जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरिक्षकको कार्यकक्ष र सशस्त्र प्रहरीको भवन भत्किएको छ।





Comments

comments

Leave a Reply

6186