Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उद्धारमा ‘रोबोट क्यामेरा’ प्रयोग, यस्तो छ चीनको उद्धार प्रविधि…

काठमाडौं, वैशाख १५ – विनाशकारी भूकम्पमा परेकाको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च एन्ड रेस्क्यु टिम’ को उपकरण अत्याधुनिक र उद्धार तुलनात्मक रुपमा सावधानीपूर्ण देखिएको छ।

चीन सरकारबाट आएको सो टोलीको मुख्य जिम्मेवारी नेपाली सेनाको उपत्यका पृतनासँगको समन्वय हो। टोलीले आज बालाजु, गोँगबु, डल्लु, काठमाडौं स्क्वायर र कपनमा उद्धार गरेको थियो। कठिन स्थितिका ध्वस्त संरचनामाभित्र उद्धार टोली प्रवेश गर्नु आफैँमा जोखिम र पीडादायी हुन्छ। कतिपय भत्किएका संरचना र पुरिएका ठाउँमा डोजर र स्काभेटरले खन्दै गर्दा घाइते बनेकाहरु थप थिचिएर मारिएका घटना पनि देखिएका थिए।

चिनियाँ टोलीले चाहिँ मानवीयभन्दा उपकरणको सहायताबाट उद्धार गरेको थियो। रोबोट क्यामेरालाई प्राविधिक निर्देशन दिएपछि पुरिएका ठाउँमा यसले आफ्नो सूचना शक्तिलाई केन्द्रित गर्छ। त्यसस्थलबाट प्राविधिज्ञको क्यामेरा फर्केर आउँछ, त्यहाँ रहेका सूचना र दृष्यका आधारमा टोलीले थप काम गर्छ। जीवितै रहेका वा मारिएका मानिस वा महत्वपूर्ण वस्तुका बारेमा प्राप्त सूचनाका आधारमा टोलीले त्यस स्थानमा ग्यास मेसिनले आवाजसमेत ननिकाली प्वाल पार्छ।

प्वाल बनाइसकेपछि त्यहाँभित्र कोही जीवित छन् भने अर्को चरणमा सोही क्यामेराबाट पानी, बिस्कुटजस्ता खाद्य सामग्री पठाइन्छ। यही क्रममा चिनियाँ तालिमप्राप्त कुकुरले पनि काम गरिरहेको हुन्छ। कुकुर र क्यामराबाट पाएका सूचना र स्थितिको स्पष्टतापछि मात्रै एक, दुई जना गरेर प्राविधिक टोली भग्नावशेमा जाने गर्दा उद्धारकर्ताको पनि कम जोखिम हुने र जीवितै घाइतेलाई पनि थप असर नपर्ने सम्भावना रहने एक चिनियाँ प्राविधिज्ञले बताए।

सुन्धरास्थित क्षतिग्रस्त धरहरास्थलमा पनि मङ्गलबार चिनियाँ टोलीले अत्याधुनिक उपकरणसहित उद्धार गरेको थियो। यसअघि नेपाली सेनाको टोलीले त्यहाँका अधिकांश मृतक र घाइतेको उद्धार गरिसकेको भए पनि थप केही मानिस झिक्न बाँकी रहेको अनुमानका आधारमा चिनियाँ टोली खटिएको थियो। यो समाचार तयार पार्दासम्म टोलीले आफ्नो काम गरिरहेको थियो। चिनियाँ टोलीको अत्याधुनिक उद्धार हेर्ने र त्यसको दृष्य खिंच्न सर्वसाधारणको त्यस क्षेत्र वरपर भिड लागेको थियो। (रासस)





Comments

comments

Leave a Reply

6193