भूकम्पपीडितलाई एनआरएनबाट १० करोड दिने, शेष घलेले दुई करोड

काठमाडौं, वैशाख १६ – विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघ मार्फत नेपालका दुर्गम क्षेत्रका भूकम्पपीडीतहरु मध्ये पहिलो चरणमा करिव १० हजार परिवारलाई आधारभूत र प्रारम्भिक राहत प्रदान गर्ने लक्ष्य लिई १० करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

नेपाल सरकारको सल्लाह र सुझाव अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्पपीडित राहत समितिको वैठकले राहत रकम र जिल्ला निर्धारण गरेको हो। भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाहरुका भूकम्प पिडीतलाई प्राथमिकतामा राखी राहत प्रदान गर्ने तयारी भई रहेको छ।

यसअघि एनआरएनए आईसीसीको वैठकले भूकम्प पिडीतलाई राहत प्रदान गर्न संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा राहत समिति गठन भई संसारभरका एनआरएनलाई राहत संकलन अभियानमा सहभागी हुन आह््वान गरेको थियो । साथै वैठकले केन्द्रीकृत राहत रकम संलकन अभियान संचालन गरी एनआरएनकै पहलमा पिडीतहरुसमक्ष राहत समाग्री पुग्नेगरी अभियान संचालन गर्ने निर्णय पनि गरेको थियो।

भूकम्प पिडीतका लागि अध्यक्ष शेष घले र उहा“की श्रीमती जमुना गुरुङले परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनमार्फत् २ करोड रुपैया“ प्रदान गर्नुभएको छ भने उपाध्यक्ष भवन भट्टले एक करोड रुपैया“ प्रदान गर्नुभएको छ । अन्य पदाधिकारी र बिभिन्न देशहरुबाट संकलित रकम करिव ७ करोड रुपैया“ भईसकेको अध्यक्ष घलेले जानकारी दिनुभयो।

‘हामीले कम्तीमा १० देखि १२ करोड रुपैया“ जम्मा गरी राहत प्रदान गर्ने तयारी गरिरहेका छौं’ अध्यक्ष शेष घलेले भन्नुभयो– ‘तत्काल रहातका लागि त्रिपाल, कम्बल, खाद्यान्न तथा आधारभूत औषधी लगायतका सहायता प्रदान गर्दैछौं।’

यसैगरी गैरआवासीय नेपाली संघले झण्डै एक हजार स्वास्थ्यकर्मीलाई स्वयंसवेकका रुपमा परिचालन गरी स्वास्थ्य शिविर संचालन गर्ने छ र त्यसका लागि बिभिन्न देशमा कार्यरत गैरआवासीय नेपालीहरु नेपाल आउनेक्रम सुरु भइसकेको छ।

वैठकमा भूकम्प प्रभावित सवै जिल्लाहरुको बिबरण प्रस्तुत गर्दै गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले काठमाण्डौमा अन्य संस्थाको पहु“च पुगेको तथा अन्य प्रभावित जिल्लाहरु भन्दा सुगम भएको हुनाले धेरै प्रभावित काठमाण्डौ बाहिरका दुर्गम जिल्लामा राहत केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए। सोही आधार तथा नेपाल सरकारको सुझाव अनुसार वैठकले तत्कालका लागि ७ जिल्लाहरुमा राहत केन्द्रीत गर्ने निर्णय गरेको छ।

वैठकले सातवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीस“ग समन्वय गरी राहत वितरण गर्ने गाविसको छनौट गरी राहत वितरण गर्ने तयारी गरिरहेको छ । वैठकले सातवटै जिल्लाहरुका लागि समन्वयकर्ता चयन गर्दै स्थानीयतहमा समन्वय गर्ने जिम्मेवारीसमेत दिएको छ । सवै जिल्लामा राहत बितरणको नेतृत्व स्वयं अध्यक्ष घलेले गर्नुहुनेछ।

एनआरएनहरुले गैरआवासीय नेपाली संघमार्फत पहिलो चरणमा सातवटा जिल्लाहरुमा प्रारम्भिक राहत प्रदान गर्ने र दोस्रो चरणमा केही गाविसमा पुर्ननिर्माणमा सहभागी हुने तयारी गरिरहेको छ।

त्यसका लागि बिश्वभर रहेका एनआरएनहरुलाई संघले संचालन गरेको राहत रकम संकलन अभियानमा सहभागी हुन र संकलित रकम केन्द्रीकृतरुपमा खर्च हुने गरी गैरआवासीय नेपाली संघको राहत कोषमा जम्मा गर्न वैठकले आह्वान गरेको छ।

साथै वैठकले भूकम्पग्रस्त क्षेत्रमा महामारी फैलिने र त्यसले फेरी पिडीतहरु थप पिडामा पर्ने सम्भावना रहेकाले करिव एक हजारको संख्यामा स्वास्थ्यकर्मीलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको छ।

त्यसका लागि अष्ट्रेलिया, बेलायत, हंगेरी लगायतका केही मुलुकहरुबाट स्वयंसेवक स्वास्थ्यकर्मीहरु काठमाण्डौ आईसकेका छन् भने अन्य आउने क्रममा छन् । बैठकले नेपालमा काम गर्ने अनुमति भएका गैरआवासीय नेपाली स्वास्थ्यकर्मीलाई स्वयंसेवी अभियानमा सहभागी हुन आह्वान गरेको छ।

साथै वैठकले नेपाललाई परेको शोकको यो यस घडीलाई गम्भीरतापूर्वक मनन् गरी मातृभूमीप्रतिको आफ्नो दायित्व सम्झदै रकम संकलन अभियानलाई तिब्रता दिन र संकलित रकम तत्कालै एनआरएन सचिवालयमा पठाउन सवै देशमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद्लाई निर्देशनसमेत दिएको छ।

अन्त्यमा अध्यक्ष घलेले राष्ट्रलाई परेको यस विपत्तीमा सहयोग गर्ने सबै गैरआवासीय नेपाली तथा राष्ट्रिय समन्वय परिषदहरुलाई धन्यवाद दिंदै सबै गैरआवासीय नेपालीहरुलाई यस दुखद घडीको सामना गर्न हातेमालो समेत गर्न आह्वान गर्नु भयो।





Comments

comments

Leave a Reply

6200