Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

महाभूकम्पले गायक राजेशपायल राईको रेष्टुरेण्ट पनि ध्वस्त

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
चर्चित गायक राजेशपायल राईले दुई बर्ष अघि किनेको रेष्टुरेण्टलाई महाभूकम्पले भत्काई दिएको छ। कमलपोखरीस्थित कृष्ण पाउँरोटीको लाईनमा रहेको उनको रेष्टुरेण्ट राणाकालिन निकै पुरानो रहेका कारण भूकम्पले पूर्णरुपमा ध्वस्त बनाएको छ।

दुई महिना अघि रि- ओपनिङ गरिएको उनको रेष्टुरेण्टको नाम उनको हिट अल्बम दर्शन नमस्तेबाट राखिएको थियो। शनिबार बिहानै आएको पहिलो भूकम्पले राईको रेष्टुरेण्टमा काम गर्ने  वेटरका बाबुको ज्यान लिएको छ भने एउटा ऐभेन्जर बाईक र करिब ६० लाख बराबरका महंगा रक्सी र फर्निचर ध्वस्त भएका छन्।

राई कार्यक्रमको शिलशिलामा धरानमा रहेका कारण उनले भत्किएको आफ्नो रेष्टुरेण्टलाई हेर्न भने पाएका छैनन्। यस्तै राईकै रेष्टुरेण्टसंगै टाँसिएको एक पूरानो घर पनि पूर्ण रुपमा ध्वस्त हुँदा ८२ बर्षीया बृद्धाले ज्यान गुमाएकी छिन्। बुझे अनुसार छोरालाई भेट्न आएकै दिन राईको रेष्टुरेण्टमा काम गर्ने वेटरका बाबुले समेत ज्यान गुमाएका हुन्।





Comments

comments

Leave a Reply

6118