Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पले यसरी सखाप भयो गोरखा बारपाकको सिंगो बस्ती

पोखरा/गोरखा: ‘खाना खाएर पत्रिका पढ्दै थिएँ, एक्कासी जमिन थरर थर्दै छानो र घरको गारो आएर थाप्लोमा खस्यो’, गोरखाको बारपाक-९ का ७३ वर्षीय खुशीमान घलेले शनिबारको महाभुकम्पको त्राशदी सम्झिए।


फोटो: भूकम्पबाट क्षतिग्रस्त बारपाक गाउँ

त्यसपछि के भो, होशै भएन। ब्युँझेर हेर्दा टाउको र ज्यानमा चोटैचोट लागेको रहेछ। घरहरु भत्केर भताभुंग भएका रहेछन्। गण्डकी मेडिकल कलेजको शैयामा उपचार गराइरहेका घले भूकम्प सम्झँदा अहिले पनि झस्कन्छन्।

बारपाक ९ का पूर्व वडाध्यक्ष उनी घले राजाको पालको ऐतिहासिक बस्ती र बासिन्दा भूकम्पले बर्बाद भएकोमा चिन्तत छन्। अकस्मात विपत बनेर आएको भूकम्पले कति आफन्त र गाउँलेलाई एकै चिहान बनायो भन्ने पीरले बारपाक बासीहरु छिनछिनका ब्याकुल हुन्छन्।

७.६ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दू बरपाकका अधिकाँश घर घत्केको स्थानीय ढोलसिं गुरुङले बताए। बिहान धेरै जसो खेतबारीमा काम गर्न गएकाले काम गर्नसक्ने उमेरका भने धेरै बाँचेको उनले जानकारी दिए। अधिकाँश वृद्धवृद्धा र बालबालिकालाई भूकम्पले निलेको समाचार अन्नपूर्णपोष्टमा छ।

सदरमुकाम गोरखाबजारदेखि १८ कोश उत्तरपश्चिमस्थित बारपाकमा भुकम्पले त्यहाँ रहेका करिब दुई हजार घरमध्ये अधिकाँश ध्वस्त भएका छन्। पाँच शताब्दीभन्दा पुराना यो वस्ती २०५५ सालमा नमुना गाउँ विकास समिति घोषणा भएको थियो।


बारपाककी एक घाइते महिलालार्इ उपचारका लागि लाँदै नेपाली सेनाका जवान

गुरुङ बाहुल्य भएकाले यो स्वदेशी र विदेशी पर्यटकको आकर्षण बनेको थियो। १० कजारभन्दा बढी जनसंख्या रहेको बारपाकका बासिन्दाको अवस्था अहिलेसम्म पनि यकीन हुनसकेको छैन।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ७४ जनालाई पोखरा ल्याइएको छ। उद्धारका लागि गएको भारतीय बायुसेनाको हेलिकोप्टर भने अवतरण गर्न नसकी फर्केको छ। बारपाकबाट मात्र आइतबार साँझसम्म ८५ जनाको सब प्राप्त भएको प्रहरीले जनाएको छ।

वडा नम्बर १, , ७ र ८ का भत्केको घरहरूमा पुग्न अझै नसकिएको गोरखाका प्रहरी प्रमुख अर्जुनचन्द्र ठकुरीले जानकारी दिए।





Comments

comments

Leave a Reply

6122