Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नइ प्रकाशनबाट भूकम्पपीडितलाई ५ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, वैशाख १६ – नइ प्रकाशनले नइ कोष मार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’का लागि पाँच लाख रुपियाँ सहयो प्रदान गरेको छ।

त्यस्तै नइ प्रकाशनले ‘नइ प्रकाशन भूकम्पपीडित उद्धार कोष’ समेत स्थापना गरेको छ। कोषमा जम्मा भएको रकम सोझै ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा हस्तान्तरण हुने व्यवस्था गरिएको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

‘नइ प्रकाशन भूकम्पपीडित उद्धार कोष’ मार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा दश हजार रुपियाँ भन्दा बढी सहयोग गर्ने महानुभावहरुको नाउँ नइ प्रकाशनको वार्षिक अभिलेख कृतिमा हरेक साल अविच्छिन्न अभिलिखित हुने बेहोरासमेत जानकारी गराएको छ।

प्रभु बैंक लिमिटेडमा रहेको ‘नइ प्रकाशन भूकम्पपीडित उद्धार कोष’ को खाता नम्बर ००१००१००६६७३१५०००००१ मा गच्छे अनुसारको सहयोग उपलब्ध गराउनका लागि संसार भरिका सहृदयी महामनाहरुमा नइ प्रकाशनले हार्दिक आहृवान गरेको छ।





Comments

comments

Leave a Reply

6227