Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विपतका बेला अर्थमन्त्री महत विदेश सयरमा

काठमाण्डौ, वैशाख २१ –महाभुकम्पका कारण देश अस्तव्यस्त बनेका बेला अर्थमन्त्री डा. रामशरण महत मन्त्रीपरिषदको निर्णयविपरित विदेश भ्रमण गएका छन्।

महत एसियाली विकास बैंक (एडिबी)को वार्षिक बैठकमा भाग लिन शनिबार बिहान अजरबैजान गएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

देश भूकम्पको महासंकटमा फसेका बेला सबै मन्त्री पीडितको उद्धारमा सहभागी हुनुपर्ने भन्दै गत वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री, सचिब र सहसचिबलाई तत्काल विदेश नपठाउने निर्णय गरेको थियो। उनीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव मधुकुमार मरासिनी पनि अजरबैजान गएका छन्।





Comments

comments

Leave a Reply

6296