Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एम.आर.पी.को निहूँमा कसले पार्यो झ्वाम ?

सुनिल संगम, लिस्बोन पोर्तुगल –
देशभित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र राम्रो अबसरको खोजि गर्नेहरु अन्य बिकसित मुलुकहरुतिर परदेशिने बढ्दो क्रमसंगै ९० को दशकपछि पोर्तुगल पनि हामी नेपालीहरुको लागि राम्रो एउटा गन्तब्य बन्दै आइरहेको छ।

बिस्तारै नेपालीहरु विभिन्न देश हुदै पोर्तुगल आउने क्रम बाक्लिदै गैरहेको बेला नेपाली राजनीतिक, सांस्कृतिक अनि सामाजिक गतिबिधिहरु पनि बढ्दै गैरहेको छ यहाँ। नेपालीहरुको बाक्लो उपस्थितीसंगै विभिन्न राजनीतिक संघ संगठनहरुको भात्री संघ संस्थाहरुदेखि लियर जातिय, भौगोलिक तथा अन्य गतिविधिको लागि बिभिन्न संघ संस्थाहरु प्रसस्तै खोलिएका छन्|

यसरी नेपालीहरुको बाक्लै उपस्थिति भैसक्दा पनि आजसम्म पोर्तुगलमा यति नै नेपाली छ भनेर कुनै निकायले ठोकुवा गरेर फ्याट्ट भन्न सक्ने स्थिति छैन तर पनि पोर्तुगलबासी सर्बसाधरणहरुको अनुमान करिब दश हजारको हाराहारीमा पुगिसकेको छ।

बैधानिक रुपमा कागज बनाउनकै निम्ति पनि दिन – प्रतिदिन विभिन्न मुलुकहरुबाट नेपालीहरु पोर्तुगल भित्रिने क्रम जारी छ। दुखको कुरा यतिधेरै नेपालीहरु भै सक्दा पनि पोर्तुगलमा आजसम्म नेपाली दूताबासको स्थापना हुन सकेको छैन त्यसकारण पनि पोर्तुगलमा रहेका नेपालीहरुको लागि फ्रान्सस्थित नेपाली दूताबास धाउनु पर्ने असहज अवस्था छ भने नेपालमा पनि पोर्तुगल दूताबासको लागि दिल्ली धाउनु पर्ने बाध्यात्मक अवस्था छ। तसर्थ पनि पोर्तुगलमा रहेका हामी नेपालीहरुले सधै निकै हैरानी खेप्नु परि रहेको छ। हुन त अघिल्लो बर्ष मात्र लिस्बोनमा खोलिएको कन्सुलरको कार्यालयले केही सहज महसुस गरिएको छ।

अब कुरोको चुरो तिर! पोर्तुगलमा रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको २०१५ नोभेम्बर भित्र एम.आर.पी, बनाउनु नै हो। बैधानिक भएकाहरु र छुट्टी मिलार नेपाल जानेहरुले त मौकामा नेपालतिरै एम.आर.पी बनाएर फर्किए या फर्किनेछन् तर अबैधानिक, नेपाल जाना नपाउने र जान नसक्नेहरुको लागि फ्रान्सस्थित नेपाली दूताबास नै धाउनु पर्ने ब्याध्यता हुन्छ तर एम.आर.पी,को निम्ति एन.आर.एन, पोर्तुगलले फ्रान्सस्थित नेपाली दूताबास र पोर्तुगलस्थित नेपाली समुदायको बीच काम गर्दै आइरहेको एउटा उदारणीय राम्रो पक्ष छ। यति हुँदाहुँदै पनि रामोसंगै अर्को नराम्रो पक्ष भनेको धन देखेपछि महादेवको पनि तीन नेत्र भने झैं बिना हिसाब १० यूरो प्रत्यक बक्तिबाट झ्वाम हुनु हो। यहाँनिर मैले झ्वाम भन्ने शब्द नै प्रयोग गर्न मन पराएँ यदि कही कुनै केही हिसाब देखिदैन भने झ्वाम नै हो!

एम.आर.पी बनाएबापत नेपाल सरकारलाई प्रत्येक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ। थप १० यूरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्येक व्यक्तिको ठेगानामा नया एम.आर.पी. पोस्ट गर्ने व्यवस्था फ्रान्सस्थित नेपाली दूताबासले गरेको छ। एन.आर.एन.पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्व बापत १२० यूरो, फर्न्सस्थित नेपाली दूताबासबाट नया एम.आर.पी,पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो , पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दूताबास पुर्याउन १० यूरो गरि जम्मा १४५ यूरो उठाउने गरेको छ फेरी नयाँ एम, आर, पी, आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरेको छ।

यसरी यो हिसाबमा एन.आर.एन.पोर्तुगलले एम.आर.पी पोर्तुगल ल्याई पुर्याउदा फ्रान्सस्थित नेपाली दूताबासले एम.आर.पी. पोस्ट गर्ने १० यूरो बेहिसाब हुन गइ झ्वाम हुन जान्छ। १० हजार नेपाली भएको ठाउमा प्रत्येक बक्तिबाट १० यूरो झ्वाम पार्नु भनेको सानो रकम पक्कै होइन। यसरी बेहिसाब जनताको पसिना झ्वाम पार्ने फ्रान्सस्थित नेपाली दूताबास हो कि एन.आर.एन.पोर्तुगल हो? यसको जवाफ सबन्धित निकायले तुरुन्त दिनै पर्दछ। यदि दिन सक्दैन भने एन.आर.एन,पोर्तुगलालाई नेपाली जनतासंग राजश्व उठाउने अधिकार कसरी कुन कानुन अनुसार कसले दियो? त्यसको पनि खोजि गर्नु पर्ने दिन आउला!

अहिलेको समयमा नेतृत्व गर्नेहरुभन्दा नेतृत्व दिनेहरु धेरै बुजक छन् अझै यूरोपसम्म आइ पुगेका हामी नेपालीहरु पक्कै पनि लाटा होइनौ बरु बाध्यतामा पिल्सिएका छौं हो त्यही बाध्यताको फाइदा उठाउदै यसरी झ्वाम पारेको रकम खै कहाँ छ? १० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एम.आर.पी.बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको रकम अबश्य पनि सानो हुदै होइन यति बेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात् महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए धन्य हुनेछ सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जावोस ! देशविदेशबाट सहयोगी हातहरु उठिरहेको बेला दुखको घडीमा एउटा प्रार्थना तथा अनुरोध!





Comments

comments

Leave a Reply

6299