Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सलमान र अक्षयलाई नेपालमा प्रतिबन्ध लगाउने तयारी…

नेपालको भूकम्पबारे गलत रिपोर्टिङ गरेर भारतीय मिडिया मात्र आलोचित बनेका छैनन्, भारतीय कलाकारहरुसमेत विवादमा तानिएका छन्।

बलिउड अभिनेताद्वय सलमान खान र अक्षय कुमार नेपालमा बहिस्कार गर्ने अभियान नेपालमा सुरु भएको छ। भूकम्पपीडित नेपालीहरुको मनमा चोट पुर्याएको भन्दै उनीहरुको फिल्मसमेत चल्न नदिने अभियान सुरु भएको छ।

सलमान खानले नेपालमा भूकम्पपीडितलाई आफूले सहयोग गर्न नचाहेको बताएपछि उनको आलोचना सुरु भएको छ।

अभिनेता खानले १० करोड रुपैयाँ र दुईवटा हेलिकप्टर सहयोग गरेको भन्दै पत्राचार गरिएको थियो।

त्यस्तै अक्षय कुमारले पनि आफ्नो फिल्म गब्बरको पहिलो दिनको कमाई भूकम्पपीडितलाई दिने भनेर प्रचार गरेका थिए। तर, पछि उक्त कुरा सत्य नभएको बताएपछि उनको पनि व्यापक आलोचना भएको समाचार आजको दृष्टि साप्ताहिकमा छ।





Comments

comments

Leave a Reply

6309