Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्प पीडितका लागि अनलाइनबाटै अर्बौं संकलन

काठमाडौं, जेठ ७- भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा तीन अर्ब रुपैयाँ जम्मा भएको छ। तर, बिभिन्न गैरसरकारी संस्थाले १३ अर्ब भन्दा बढी रकम संकलन गरेका छन्।


अभिनेत्री जोअना लुम्ले

बिभिन्न देशले घोषणा गरेका सहयोगबाहेक बिभिन्न संघसंस्थाले अनलाइन र बिभिन्न माध्यमबाट नेपालका भूकम्प पीडितका लागि सहयोग जुटाएका हुन्।

बेलायतस्थित डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी)ले सबैभन्दा धेरै रकम संकलन गरेको छ। यसले बुधबार साँझसम्म ५६ मिलियन बेलायती पाउण्ड (८ अर्ब ८४ करोड ५५ लाख ९० हजार नेपाली रुपैयाँ) उठाइसकेको छ।

हलिउड अभिनेत्री जोअन्ना लुम्लेले डिइसीमार्फत सहयोग संकलन गर्न टेलिभिजनबाट आह्वान गरेकी थिइन्। त्यसमा बेलायती महारानी एलिजावेथ, राजकुमार चार्ल्स र राजकुमारी क्यामेलाले पनि सहयोग गरेका थिए। हालै गरेको एक सर्वेक्षणले बेलायतका ५४ प्रतिशत जनताले नेपालका भूकम्पपीडितलाई सहयोग गरेको देखाएको थियो।

दोस्रो धेरै सहयोग उठाउने संस्था अमेरिकाको ग्लोबल गिभिङ हो। यसले २७ लाख ४२ हजार ६१२ रुपैयाँ जुटाइसकेको समाचार नयाँपत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

6305