Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको उपमेयरमा जितेका सिटौलाले दौरा सुरुवालमा शपथ लिए

विजय थापा / एचकेनेपाल डट कम –
वासिंगटन डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उपप्रमुखमा बिजयी भएका नेपालीमुलका किरण सिटौलाले पूर्ण नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा नेपाली ढाका टोपी लगाएर सपथ ग्रहण गरेका छन्।


तस्वीरमा दायाँ सिटौला

अमेरिकामा दौरा सुरुवाल र टोपी पनि लगाएर आधिकारिक कार्यक्रममा सार्वजनिक रुपमा सपथ लिने सिटौला उदाहरण बनेका छन् भने सिटौलालाई चार्ल्स काउन्टीकी स्यारोन हान्कोकले सपथ ख्वाएकी थिइन्।

नगर प्रमुखमा बिजयी भएका ब्रानडन पौलिन तथा परिषद सदस्यमा बिजयी भएका कुर्टिस स्मिथलाई पनि नेपालको उपहार छ भन्दै कार्यक्रममा सिटौलाले टोपी लगाई दिएका थिए।

गत निर्वाचनमा बिजेता भएका तिनै उम्मेदवारहरुलाई १४ बर्षीया विशाखा ओली तथा ११ बर्षीया कीर्तिका ओलीले प्लेज़ अफ एलिजिएन्स अमेरिकन झन्डालाई सम्मान जनाएका थिए।

दुवै चेलीहरु सुसज्जित सैनिक पोसाकमा पहिरिएर आएका थिए यो नै नेपाली समुदायको ईतिहासमा अमेरिकामा पहिलो पटक हुन् पुगेको छ।

विशाखा ओलीले सयुक्त राज्य अमेरिकाको नेवि(जलसेना)सी (समुन्द्र )क्याडेटको पोसाक तथा कीर्तिका ओलीले नेवि(जलसेना) लिग पोसाक लगाएकी थिइन्।

कार्यक्रममा नेपाली दूतावास परिवार ,म्यारील्याण्ड तथा पेंसेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत, बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,सिटौला परिवार ,शुभचिन्तक तथा आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो।





Comments

comments

Leave a Reply

6366