Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोरखामा यसरी गरियो भूकम्पको अन्त्येष्टि

घनश्याम पाण्डेय / एचकेनेपाल डट कम-
गोरखा जिल्लाको बुङकोट ९ मैलुङका स्थानीयले भूकम्पको बारम्बारको झटकाले त्रसित बनाएको भन्दै महाभूकम्पको अन्त्येष्टि गरेका छन्।

परालको पुत्ला बनाएर झण्डै ५ सय महिला पुरुष शब यात्रा गर्दे २ किलोमिटर पर लगेर भूकम्पको अन्त्येष्टि गरेका हुन्।

महाभूकम्पको प्रतिकको रुपमा बनाइएको पुत्ला महिलाहरुले बोकेका थिए भने पुरुषहरुले एकोहोर शंख फुकेको स्थानीय कोपिला अम्गाईले जानकारी दिएकी छन्।

स्थानीय बालबालिका बढी त्रसित भएकाले मनको सन्तोषको लागि आफूहरुले महाभूकम्पको अन्त्येष्टि गरेको गाँउलेहरुको भनाई छ। पुत्ला बनाएर अन्त्येष्टि गरेपछि आफूहरुको पीडा कम भएको महसुस भएको पनि उनीहरुले बताएका छन्।

भूकम्पको कारण बुङकोटमा पनि ठूलो भौतिक क्षति भएको छ।





Comments

comments

Leave a Reply

6503