रवि लामिछाने बने गृहमन्त्री…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीसहित गृहमन्त्रीमा नियुक्त भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन २ बाट चुनाव जितेका लामिछानेलाई सोमबार गृहमन्त्रीमा नियुक्त गरेका हुन्। लामिछानेलाई राष्ट्रपतिले शपथसमेत खुवाइसकेकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालपछि दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन्। 

अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन्। 

नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन्। एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,राजेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ।





Comments

comments

63929