दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

सियोल, दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाहा गरिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मङ्गलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायलाई ‘विशेष परिस्थिति’ मा मिनाहा गरिदिनुभएको हो।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका लीलाई सन् २०२० को अक्टोबरमा घुसखोरी र अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

बुधबारदेखि लागू हुने गरी जेल जीवनलाई ‘विशेष मिनाहा’ गरी बाँकी १५ वर्षको जेल सजायबाट छुट दिइनेछ।

गत मे महिनामा पदभार ग्रहण गरेयता युनले राष्ट्रपतिका रूपमा दोस्रो पटक पूर्व सरकारी अधिकारीहरूलाई क्षमादान दिनुभएको हो।

रासस/सिन्ह्वा





Comments

comments

63950