७औं गोर्खा कप हङकङको उपाधि गोल्डेन स्टार एफसीलाई, उपविजेता जोर्डन एफसी

एचकेनेपाल डट कम –

हङकङ, २८ डिसेम्बर। ७औं गोर्खा कप हङकङको उपाधि गोल्डेन स्टार एफसीले चुमेको छ। त्यस्तै, जोर्डन एफसी यस वर्षको उपविजेता बनेको छ।

संयोजक दिलबहादुर गुरुङका अनुसार युन लङ पार्कस्थित सकर पिचमा गत २५ डिसेम्बरमा गोर्खा ब्वाइज एचकेद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा जोर्डन एफसीलाई शून्यको विरुद्ध १ गोलले पराजित गर्दै गोल्डेन स्टार एफसीले उपाधि चुमेको हो।

प्रतियोगितामा फेयर प्ले टिम सहारा क्लब एचके, उत्कृष्ट खेलाडी टंक गुरुङ, सर्वाधिक गोलकर्ता आर्यन राई र राईजिङ स्टारको उपाधि जोनाथन लिम्बुले जितेका छन्।

प्रतियोगितालाई सफल पार्नका लागि अध्यक्ष नैना सिंह गुरुङ, उपाध्यक्ष तिलक गुरुङ, संयोजक दिलबहादुर गुरुङ, सचिव तीर्थ गुरुङ र मुख्य सल्लाहकार धनप्रसाद गुरुङको विशेष भूमिका रहेको थियो।

चिजमान गुरुङ प्रमुख अतिथि र ओम गुरुङ विशेष अतिथि रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन सचिव तीर्थ गुरुङले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

63975