हङकङमा आज २९ हजार बढी कोभिडका संक्रमित, थप ५२ विरामीको मृत्यु

एचकेनेपाल डट कम –

हङकङ, ३१ डिसेम्बर। हङकङमा आज २९ हजार बढी कोभिड १९ का संक्रमित थपिएका छन्। त्यस्तै, थप ५२ जना कोभिड संक्रमित विरामीको मृत्यु भएको छ।

स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड १९ को पछिल्लो महामारी स्थितिको घोषणा गर्दै २८,७८३ स्थानीय र ४२४ आयातित संक्रमित थपिएको जनाएको हो।

हङकङमा कोभिड-१९ को पाँचौं लहरको समयमा कोभिडबाट मृत्यु हुनेको संख्या कुल ११,८०७ पुगेको छ।

सार्वजनिक अस्पतालमा आज थप ५२ बिरामीको मृत्यु भएको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

64254