हङकङमा आज २९ हजार बढी कोभिडका संक्रमित, थप ५२ विरामीको मृत्यु

एचकेनेपाल डट कम –

हङकङ, ३१ डिसेम्बर। हङकङमा आज २९ हजार बढी कोभिड १९ का संक्रमित थपिएका छन्। त्यस्तै, थप ५२ जना कोभिड संक्रमित विरामीको मृत्यु भएको छ।

–

स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रले आज कोभिड १९ को पछिल्लो महामारी स्थितिको घोषणा गर्दै २८,७८३ स्थानीय र ४२४ आयातित संक्रमित थपिएको जनाएको हो।

हङकङमा कोभिड-१९ को पाँचौं लहरको समयमा कोभिडबाट मृत्यु हुनेको संख्या कुल ११,८०७ पुगेको छ।

सार्वजनिक अस्पतालमा आज थप ५२ बिरामीको मृत्यु भएको जनाइएको छ।





Comments

comments

64254