हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत…

एचकेनेपाल डट कम –

हङकङ, १ जनवरी। हङकङमा शनिवार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०२३ लाई भव्यताका साथ स्वागत गरिएको छ।

–

हङकङको भिक्टोरिया हार्बरमाथि क्षितिजमा प्रदर्शन भएको शानदार आतिशबाजी र लाइट शो हेर्दै भेला भएका लाखौं मान्छेहरुले नयाँ वर्षको स्वागत गरेर एकार्कासंग शुभकामना आदानप्रदान गरेका छन्।

–

सिम शा चुईस्थित स्टारफेरी पेयरमा गीत संगीतको धुनसंगै नयाँ वर्षको स्वागत गरिएको थियो।

नयाँ वर्षको काउन्टडाउन समारोहमा काोलून वाटरफ्रण्टतर्फ करिब ३ लाख ८०० र हङकङ टापुतर्फ वान चाइ, सेन्ट्रल डिस्ट्रिक्ट, लान क्वाई फोङ र इस्ट कोस्ट पार्कमा ३०,५०० गरी लगभग साढे ३ लाख नागरिक प्रत्यक्षरुपमा भेला भएको हङकङ प्रहरीले जनाएको छ।

–

दैनिक कोभिड १९ का केसहरू लगातार वृद्धि भए पनि यस वर्ष नयाँ वर्षको पूर्वसन्ध्याको दुई दिन अघि एन्टि-महामारी उपायहरू हटाइएको थियो। यद्यपि मास्क अझै लगाउंनु पर्ने छ।

नयाँ वर्षको अवसरमा हङकङका प्रमुख कार्यकारी जोन लीले महामारीको छायाँबाट मुक्त भएर हङकङ नयाँ वर्षमा फेरि फस्टाउने बताए।

–

सरकारले २०२३ मा दुईवटा प्रमुख लक्ष्य राखेको उनले बताए । पहिलो भनेको जनताको जीवनलाई महामारीपूर्वको सामान्य अवस्थामा फर्काउनु र हङकङले समाजका सबै क्षेत्रहरूमा आशावादी दृष्टिकोण ल्याउने आर्थिक गतिविधिहरूको द्रुत पुनरुत्थानको साथ अन्तर्राष्ट्रिय मञ्चमा फेरि आफ्नो अनुग्रह चम्काउनु रहेका छन्। लीले शुभकामना सन्देशमा भनेका छन्।

–




Comments

comments

64317