हङकङमा यसरी गरियो नयाँ वर्षको स्वागत…

एचकेनेपाल डट कम –

हङकङ, १ जनवरी। हङकङमा शनिवार राति १२ बजे अंग्रेजी नयाँ वर्ष २०२३ लाई भव्यताका साथ स्वागत गरिएको छ।

हङकङको भिक्टोरिया हार्बरमाथि क्षितिजमा प्रदर्शन भएको शानदार आतिशबाजी र लाइट शो हेर्दै भेला भएका लाखौं मान्छेहरुले नयाँ वर्षको स्वागत गरेर एकार्कासंग शुभकामना आदानप्रदान गरेका छन्।

सिम शा चुईस्थित स्टारफेरी पेयरमा गीत संगीतको धुनसंगै नयाँ वर्षको स्वागत गरिएको थियो।

नयाँ वर्षको काउन्टडाउन समारोहमा काोलून वाटरफ्रण्टतर्फ करिब ३ लाख ८०० र हङकङ टापुतर्फ वान चाइ, सेन्ट्रल डिस्ट्रिक्ट, लान क्वाई फोङ र इस्ट कोस्ट पार्कमा ३०,५०० गरी लगभग साढे ३ लाख नागरिक प्रत्यक्षरुपमा भेला भएको हङकङ प्रहरीले जनाएको छ।

दैनिक कोभिड १९ का केसहरू लगातार वृद्धि भए पनि यस वर्ष नयाँ वर्षको पूर्वसन्ध्याको दुई दिन अघि एन्टि-महामारी उपायहरू हटाइएको थियो। यद्यपि मास्क अझै लगाउंनु पर्ने छ।

नयाँ वर्षको अवसरमा हङकङका प्रमुख कार्यकारी जोन लीले महामारीको छायाँबाट मुक्त भएर हङकङ नयाँ वर्षमा फेरि फस्टाउने बताए।

सरकारले २०२३ मा दुईवटा प्रमुख लक्ष्य राखेको उनले बताए । पहिलो भनेको जनताको जीवनलाई महामारीपूर्वको सामान्य अवस्थामा फर्काउनु र हङकङले समाजका सबै क्षेत्रहरूमा आशावादी दृष्टिकोण ल्याउने आर्थिक गतिविधिहरूको द्रुत पुनरुत्थानको साथ अन्तर्राष्ट्रिय मञ्चमा फेरि आफ्नो अनुग्रह चम्काउनु रहेका छन्। लीले शुभकामना सन्देशमा भनेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

64317