Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थाहा पाइराखौं, कति जम्मा भयो दैवीप्रकोप उद्धार कोषमा पैसा?

काठमाडौ, जेठ ६ – भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब २५ करोड १८ लाख तीस हजार ५३९ सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट आजसम्ममा उक्त रकम सङ्कलन भएको हो।

आज उक्त कोषमा रु ३६ करोड ९२ लाख ७१ हजार ११३ दाखिला भएको छ। उक्त रकममध्ये रु २९ करोड ७४ लाख २१ हजार ८७४ नेपाल सरकारका कर्मचारीबाट प्राप्त भएको उक्त कार्यालयले जनाएको छ। कोषमा विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ। (रासस)





Comments

comments

Leave a Reply

6453