उद्धारमा गएको अमेरिकी हेलिकोप्टर यसरी दुर्घटना भएको रहेछ…

काठमाडौं। भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि उडेको अमेरिकी हेलिकोप्टर बादल फसेर एघार हजार अग्लो पहरामा ठोक्किएर दुर्घटना भएको निश्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएको छ।


यही हेलिकप्टर थियो दुर्घटनामा परेको। घाइतेलाई लिएर उडेको केही समयपछि दुर्घटनामा परेको थियो। हेर्नुहोस् भिडियो

सेनाको कार्यदलले आफ्नो छानबिन प्रतिवेदन शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई बुझाएको छ। जेठ ६ गते नेपाली सेनाले चालक सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नेपाली तथा संयुक्त राज्य अमेरिकाको विज्ञ टोली सम्मिलित संयुक्त छानविन कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले २०७२ जेष्ठ ७ गतेबाट नै दुर्घटना सम्बन्धमा आफ्नो छानबिन प्रारम्भ गरेको थियो।

कार्यदलले दुर्घटना हुनुको सम्भावित कारण कालिन्चोक पहाड श्रृंखलाको भौगोलिक बनोट र खराब मौसम रहेको उल्लेख गरेको छ। हेलिकप्टर बादलमा आई.एम.सि. मा प्रवेशगरी समुन्द्री सतहदेखि लगभग ११,२०० फिट अग्लो कालिन्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भूभागमा ठोक्किएर दुर्घटना हुन पुगेको निष्कर्ष छानबिन प्रतिवेदनको छ।

संयुक्त छानविन कार्यदलले सम्बद्ध निकायहरुलाई भविष्यमा यस्ता दुर्घटनाबाट बच्नको लागि केहि सुरक्षाका उपायहरु समेत सिफारिस गरेको समाचार अन्नपूर्णपोष्टमा छ।

वैशाख २९ गते भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो। दुर्घटना भएको हेलिकोप्टरमा दुईजना नेपाली सेनाका र ६ जना अमेरिकी सेनाका गरी आठजना रहेको भनिएकोमा डिएनए परीक्षणको क्रममा थप पाँचजनाले ज्यान गुमाएको पनि रहेको पुष्टि भएको थियो। पछि पुष्टि भएका पाँचैजना गैरसैनिक व्यक्ति थिए।

बैशाख २९ गते गएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्यमा काठमाडौंबाट दोलखा उडेको हेलिकोप्टर कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ करिव ११,२०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

दुर्घटनाग्रस्त ईलाकाबाट फेला परेको मानव अस्थिपन्जरको भागहरुलगायत घटनास्थलबाट प्राप्त बिभिन्न प्रमाणहरुको नेपाली सेना तथा संयुक्त राज्य अमेरिकाको बिशेषज्ञ टोलीद्वारा संयुक्त रुपमा अनुसन्धान गरिएको थियो।





Comments

comments

Leave a Reply

6477