Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राहत बाँड्न गएका भुसालको भूकम्पमा परी निधन

काठमाडौं, वैशाख ३० – भूकम्पपीडितका लागि राहत बाँड्न दोलखा पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माधवप्रसाद भुसालको मंगलबारको भूकम्पमा मृत्यु भएको छ। जफे, दोलखामा राहत बाँडेर फर्किने क्रममा भूकम्पसँगै आएको पहिरोका कारण गाडी दुर्घटना हुँदा उनको मृत्यु भएको हो।

नेपाल नर्वे अल्मुनाइ एशोसिसएनमार्फत् राहत वितरण गर्न गएको टोलीमा सहभागी उनी सोमबार रामेछाप क्षेत्रमा राहत वितरणपछि मंगलबार दोलखा फर्केका थिए। जफेमा राहत वितरणको काम सकेर फर्किने क्रममा टोली चढेको गाडी पहिरोका कारण दुर्घटनामा परेको थियो। उनी ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुरमा अध्यापनरत थिए।

दुर्घटनामा टोलीमा रहेका अन्य ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ को स्थिति गम्भीर रहेको समाचार नागरिक दैनिकमा छ। कीर्तिपुर ट्याङ्लाफाँट निवासी भुसालका एक श्रीमती र दुई छोरा छन्।

मंगलबार निधन भएका उनको शव बुधबार अपारह्नसम्म पनि काठमाडौं ल्याउन सकिएको छैन। दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उपप्राध्यापक भुसालको शवलाई काठमाडौं पठाउन हेलिकोप्टरको व्यवस्था गरिरहेको जानकारी दिए।





Comments

comments

Leave a Reply

6483