Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ह्वाईट हिमालले भूकम्प प्रभावित एक गाउँको पुर्ननिर्माण गरिदिने

विजय थापा / एचकेनेपाल डट कम –
न्युयोर्क, बैशाख २९– अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले भूकम्पबाट प्रभावित एक गाउंको पुर्ननिर्माण गरिदिने घोषणा गरेको छ।

ह्वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सञ्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले एक बिज्ञप्ति जारी गर्दै नेपालको महाभूकम्पबाट आफूहरु अत्यन्तै स्तब्ध भएको जनाउंदै भूकम्पबाट प्रभावित कुनै एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको हो।

संस्थाका अध्यक्ष शान खड्काका अनुसार आफूहरुले नेपालको महाभूकम्पबाट अत्यन्तै प्रभावित कुनै एक गाउंका लागि तत्कालिन र दिर्घकालिन गरि पुनः निर्माण गरिदिन लागेको बताए।

महाभूकम्पबाट नेपालमा धेरै गाउंहरु प्रभावित भएको भए पनि आफूहरुले सकेसम्म बढि प्रभावित गाउं छानेर पुन निर्माण गर्ने योजना अगाडि सारेको अध्यक्ष खड्काले बताए।

ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपाल सरकार र अन्य निकायहरुसंग समन्वय गरि अत्यन्तै प्रभावित र कम राहत पुगेको गाउं छनौट गरेर पुन निर्माण गर्ने जनाएको छ।

ह्वाईट हिमालले सन् २०११ देखि न्यूयोर्कबाट चौबिसै घण्टा सञ्चालन हुने ह्वाईट हिमाल टेलिभिजनको शुरु गरेको हो भने सन् २०१४ देखि बिभिन्न नेपाली च्यानलहरुसहितको ह्वाईट हिमाल नेटवर्कको सञ्चालन गरेको हो।





Comments

comments

Leave a Reply

6455