सिंगापुर- हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका छन्।

ज्याकी च्यानबाट थप सहयोग आउन सक्ने सम्भावना रहेको पनि स्रोतले उल्लेख गरेको छ।
सिंगापुरमा रहेका नेपाल सरकारका प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसँग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग ‘सुपरच्यान ज्याकी च्यान’मा उल्लेख गरिएको समाचार नागरिक दैनिकमा छ।
च्यानले सन् २०११ मा जापानका सुनामी पीडितका लागि लाखौं डलर उठाइदिएका थिए।


