Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मृत्यु भएका पाइलटकी आमा भन्छिन्- ‘मेरो छोरो हिरो भयो’

काठमाडौं, जेठ ३- ‘मलाई हृदयदेखि नै विश्वास छ, क्रिसले त्यही गरिरहेको छ , जो उसले गर्न चाहेको थियो। ऊ सँधै परिवार र भगवानलाई जस्तै जीवनलाई पनि मायाँ गर्थ्यो’,

धेरै भावविभोर भइ मिडियासामु ब्याख्या गरिरहँदा टेरी नोर्गेनका आँखा आशुले भरिएका थिए। उद्धारका लागि नेपाल आएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका छोरा क्रिस हिरो भएको उनको विश्वास थियो।

नेपालीलाई सहयोग गर्न आएका अमेरिकी सैन्य टोलीमा सामेल क्याप्टेन क्रिम टोरीका बुबा रोन र आमा टोरी यतिबेला शोकमा रहेको समाचार गोरखापत्रमा छापिएको छ।

सात समुन्द्रपारिबाट नेपालीको दुःखमा थोरै भएपनि सहयोग गर्न आएका क्रिससँगै ६ अमेरिकी र दुई नेपाली सेनाका अधिकारीको हेलिक्पटर दुर्घटनामा मृत्यु भएको थियो।





Comments

comments

Leave a Reply

6514