Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी लुकाईयो ५० लाखको त्रिपाल 

काठमाडौँ जेठ ३ – पीडितले त्रिपाल नपाइरहेको गुनासो गरिरहँदा भैसेपाटीस्थित एक गोदाममा एक ट्रक त्रिपाल भेटिएको छ।

कार्यबिनायक नगरपालिका २ प्रगतिमार्गस्थित एक गोदाममा त्रिपाल लुकाएको अवस्थामा भेटिएको समाचार कान्तिपुर दैनिकमा छ। स्थानीयवासीले तारा कथायत भन्ने व्यक्तिले पाँचदिन अघि ल्याएको त्रिपाल कालोबजारी गर्न लुकाएको आरोप लगाएका छन्।

एक स्थानीयवासीका अनुसार गोदामभित्र करिब ५० लाख बराबरको त्रिपाल लुकाइराखिएको छ। ‘हामी छिमेकीले पनि त्रिपाल पाएका छैनौँ,’ उनले भने। महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायवउपरिक्षक किसानसिंह थापाले त्रिपाल राख्ने कथायत ठूलादुर्लुङमामा राहत बाँड्न जान लागेको बताए।

तर उनले भने, ‘राहत बाँड्न स्वीकृत लिएको वा नलिएको भन्ने विषयमा छानविन भइरहेको छ। हामिले गोदाम कब्जा लिइसकेका छौँ, सम्पूर्ण प्रमाण भेटेपछिमात्र सम्वन्धीतलाई बुझाउँछौँ।’





Comments

comments

Leave a Reply

6519