Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिंगटीमा शव कुहिन थाले…

काठमाडौं, जेठ ३ – भूकम्प गएको पाँच दिन बित्दा पनि दोलखाको उत्तरी २२ गाविसको केन्द्र सिंगटी बजार र आसपासको क्षेत्रमा पुरिएका शवहरु निकाल्न सकिएको छैन्।

पुरिएका शवहरु गन्हाउन थालेका छन्। कतिपय शव जंगली, जनावर, घरपालुवा कुकुर र गिद्धले खान थालेका छन्। शव गन्हाएर सिंगटी र सुरीको भोर्ले बजार दुर्गन्धित बन्न थालेको छ।

राहत लिन गएका दुई दर्जन बेपत्ता
राहत लिन सिंगटी गएका कतिपय अझै बेपत्ता छन्। स्थानीय बासिन्दाका अनुसार चिलँखाका सात, लापिलाङका पाँच, सुरीका पाँच, खोपाचाँगुका चार र ओराङका दुई गरी २३ अझै बेपत्ता छन्। एकै स्थानमा पुरिएका १० युवायुवतीको शव निकालिएको छ।

अमेरिकी हेलिकोप्टर खोज्दा उद्धारमा ढिलाइ
सुरक्षाकर्मी र जगेडा हेलिकोप्टर २९ वैशाखमा हराएको अमेरिकी सेनाको हेलिकोप्टर खोज्न व्यस्त भएपछि बेपत्ता स्थानीयको खोजी र भग्नावशेषमा पुरिएका शवहरु निकाल्ने काम ढिलाइ भएको थियो।

शुक्रबारदेखि भने सेना पनि खोजी तथा उद्धारमा सक्रिय भएको समाचार नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

6522