बस दुर्घटनामा ९ जनाको मृत्यु, २७ घाइते

हेटौडा, ४ जेठ । हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ३६९७ नं को बस र नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख ५७६५ नं. ट्रक हेटौँडा नारायणगढ सडकखण्डको बिजौनामा आज अपराह्न ठोक्किँदा नौजनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा २७ यात्रु घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यो समाचार तयार गर्दासम्म मृतकको सनाखत हुन सकेको छैन। (रासस)





Comments

comments

Leave a Reply

6562