Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भनेजस्तो बाइक दाइजो नदिएको भन्दै श्रीमतीलाई माइती फिर्ता

पथरी, जेठ ४ – विवाह भएको दुई महिना बित्‍न नपाउँदै मोटरसाइकल दाइजो नल्याएको भन्दै १८ वर्षीया रुकैया अञ्जुमलाई उनकै श्रीमानले माइती फिर्ता पठाएका छन्।

घरमा भित्राएदेखि नै शारीरिक तथा मानसिक यातना दिइरहेको पीडित रुकैयाले बताइन्।रुकैयाको अहिले विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रुकैया अञ्जुमका अनुसार विवाहमा भनेजस्तो मोटरसाइकल नपाएपछि उनका श्रीमान सोनापूर–२ सुनसरीका सद्दाम हुसेनले जबरजस्ती माइती लगेर छोडेका थिए।

श्रीमानले शारीरिक र मानसिक यातना दिएपछि रुकैयाले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेकी थिइन्। अस्पतालमा उपचार गराइरहनुभएकी रुकैयाले भनिन्–“घरबाट दुई लाख पर्ने ‘एफ जेट मोटरसाइकल दाइजोमा दिएको थियो। तर साढे तीन लाखको ‘आर वान फाइभ बाइक नदिएको भन्दै यातना दिएका हुन्।’

रुकैयाका बुबा लालुमियाँले भने–“तीन सय जन्तीलाई केही कमी हुन नदिनु भनेका थिए। १५ लाख रुपैयाँ खर्च गरेर छोरीको विवाह गरेँ अहिले दाइजो नदिएको भन्दै छोरीलाई यातना दिएर विषसम्म सेवन गराए। गत चैत १२ गते रुकैयाको विवाह सम्पन्न भएको थियो ।

दाइजोविरुद्ध अभियान चलाउँदै आएको मुस्लिम काउन्सिल नेपालका क्षेत्रीय उपाध्यक्ष अबिद हुसेन दाइजो नलिने भन्ने बेहुलाले भनेजस्तो बाइक नभएपछि रिसाएको हुनसक्ने बताए। उनले दाइजोविरुद्ध अभियान चाल्दै आएको मुस्लिम काउन्सिल पनि विभाजित भएको बताए। सद्दामलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)





Comments

comments

Leave a Reply

6557