Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितलाई कुहिएको चामल

चण्डेनीमण्डन (काभ्रे)- संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले काभ्रेपलाञ्चोक जिल्लाका भूकम्पपीडितलाई बिग्रिएको चामल बाँडेको फेला परेको छ। डब्लुएफपीले काभ्रे रेडक्रसमार्फत बाँडेको चामल कुहिएको अवस्थामा भेटिएको हो।

‘बोरा खोल्दा नै चामल पूरै कालो र बिग्रिएको थियो, केटाकेटीलाई नपकाउन भनेको थिएँ, पकाइहालेछन्, भातको स्वाद नै थिएन,’ चण्डेनी–३, ज्वानेटारका बालकृष्ण नेपालले भने। रेडक्रसको चण्डेनी उपशाखामार्फत उनको घरमा १० किलो चामल पुगेको थियो।

यस्तै गुनासो सोही स्थानका महेश नेपालको समेत छ। एक छाक खानासाथ पेट दुख्ने समस्या आएपछि चण्डेनी स्वास्थ्यचौकीमा जँचाएका छन् । ‘राम्रै होला भनेर खाइयो, धन्न हेल्थपोस्टमा थाई मेडिकल टिम थियो, राम्ररी उपचार गरिदिए,’ उनले भने।

रेडक्रस महादेवस्थान उपशाखाले समेत गाँउभरि यही बिग्रिएको चामल वितरण गरेको छ। दुवै गाविसमा गरी ३ सय ३८ क्विन्टल चामल वितरण गरेको छ। महादेवस्थानमा वितरण भएको चामलको बोरामा कुनै ब्रान्ड नभएको सादा बोरा छ। यसमा ब्याच नम्बर र उत्पादन-प्याकिङ मितिसमेत उल्लेख छैन।

उता, चण्डेनीका सबैको घरदैलोमा सात्विक सरजु ब्रान्डको चामल दिइएको हो। धनगढी–४, बोराडाँडीस्थित ठाकुर एग्रो इन्डष्ट्रिजले उत्पादन गरेको चामलको बोरामा लगाइएको ट्यागमा ब्याच नम्बर उल्लेख नगरेको समाचार नागरिक दैनिकमा छ। उत्पादन-प्याकिङ मिति मे, १५ रहेको छ।

‘मे महिना सुरु भएको भर्खर दुई सातामात्रै भयो। यति छिट्टै चामल कालो हुँदैन, यो पुरानै सडेको चामललाई नयाँ ट्याग लगाएर ल्याएको हुनुपर्छ। यो मानव स्वास्थ्यमा गम्भीर खेलवाड हो,’ ज्वानेटारकै कृष्णप्रसाद नेपालले भने।





Comments

comments

Leave a Reply

6575