काठमाडौं, जेठ ५ – भूकम्पका कारण मुलुक भित्रने मुद्रा ह्वात्तै बढेको छ। भूकम्पअघिका महिना औसत ३० अर्बका हाराहारीमा भित्रिने विदेशी मुद्रा झन्डै दोब्बर पुगेको हो।
वैदेशिक रोजगारीमा रहेका र विदेश बसोबास गर्नेले फटाफट पैसा पठाउने क्रममा राहतका लागि विभिन्न संस्थामार्फत पैसा थपिएपछि वैशाखमा मात्रै ५२ अर्ब रुपैयाँ विदेशबाट भित्रिएको समाचार कान्तिपुर दैनिकमा छ। मुद्रा भित्रने क्रम अझै जारी छ।