Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशी राहतमा रोटीदेखि थोत्रा कपडासम्म…

काठमाडौं, जेठ ५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडासम्मको चाङ थुप्रिएको छ।  

विदेशमा सहायता संकलन गर्ने संस्थाहरु तथा दाताहरुलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका हुन्। कतिपय राहतका बाकसमा त च्यातिएका कपडा र धेरै पुराना जुत्तासमेत फेला परेका छन्।

दुईसय ४२ कार्टुन मासुसहितको खाद्यसामग्री थन्किएको पनि दुई साता पुग्न लाग्यो। भूकम्पको क्षतिबाट राहतको नाममा इन्डोनेसियाबाट मटन भनेर आएको उक्त सामग्रीको बाहिरि भागमा देखिएको फोटो र त्यहाँको भाषा बुझ्न नसक्दा लामो समय थन्किएको समाचार अन्नपूर्ण पाेष्ट दैनिकमा  छ।

 भेडाको फोटो हो कि गाईको आकृति छुट्याउन नसक्दा परेको अप्ठेरो त्यो देशको भाषा बुझ्ने व्यक्तिमार्फत फुकाउनु परेको थियो ।





Comments

comments

Leave a Reply

6581