Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बलात्कारपछि ४२ वर्षसम्म अचेत नर्सको मृत्यु

एजेन्सी – बलात्कारपछि अचेत भएकी एक नर्सको मृत्यु भएको छ। ४२ वर्षसम्म अचेत रहेका उनको सोमबार मृत्यु भएको हो।

सन् १९७३ मा उक्त अस्पतालका कामदारले यौनजन्य आक्रमण गरी घाँटी दबाइएकी ६७ वर्षीया अरुणा शानबागको मस्तिष्कमा गम्भीर क्षति पुगेको थियो। उक्त अस्पतालमा वार्ड सहयोगीको रुपमा काम गर्ने ती आक्रमणकारीले शानबागको मृत्यु होस् भन्ने उद्देश्यले अस्पतालको तहखानामा छोडिदिएको थियो।

घटनाको ११ घन्टापछि उनलाई फेला पारिएको थियो। घटनाको समयमा शानबाग २५ वर्षकी थिइन्। गत साता उनलाई निमोनिया देखा परेको थियो र उनलाई गत केही दिनदेखि भेन्टिलेटरमा राखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।

शानबागको मुद्दाले भारतमा इच्छामृत्युसम्बन्धी कानुनका विषयमा विवाद आरम्भ भएको हो। मुम्बइमा बसोबास गर्ने लेखक तथा यी नर्सका एक मित्रले उनको पीडा नलम्बाउन उनलाई ट्युवका माध्यमाबाट खुवाउने कार्य बन्द गरियोस् भनी निवेदन दिएका थिए।

पिन्की विरानीले शानबागको लागि इच्छा मृत्युको माग गर्दै दायर गरेको निवेदन भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो।





Comments

comments

Leave a Reply

6584