पतिको हत्या अभियोगमा पत्नी पक्राउ

रत्ननगर (चितवन) – चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए।

स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन्। स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोपसमेत लगाएका छन्।

सो घटना श्रीमान्‌ले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ।

रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए। उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। (रासस)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6588