Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु धिं नै नेपाल सरकार

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ५ जेठ। भूकम्पले मुलुक विपत्तिमा परेको बेला राज्य वा सरकारले अभिभावकत्व प्रदान गर्न सकेन भन्ने आरोप आइरहदा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जनताको पीडामा सहयोगी बन्ने तमु धिं नेपाल जस्ता संघ संस्थाहरु नै सरकार भएको बताएका छन्।

तमु जातिको सबै भन्दा पुरानो पोखरा ९ नयाँबजारस्थित सामाजिक संस्था तमु धिं नेपालको ३१ औं स्थापना दिवसको दीप प्रज्वलन गरी उद्घाटन गर्दै प्रमुख अतिथि प्रशासक थपलियाले विपत्तिमा पीडितका निम्ती जुटेका संघ संस्थाहरु नै राज्यको प्रतिनिधि भएको बताउदै पोखरामा पुर्नस्थापना केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेका तमु धिं नेपाल लगायतका संस्थाहरु नै पीडितको सरकार रहेको बताए।

विगतका वर्षहरुमा स्थापना दिवस भव्यताका साथ मनाएको तमु धिं नेपालले विनासकारी भूकम्पले मुलुक विपत्तिमा परेको अवस्थामा भूकम्प पीडितको लागि उद्धार, राहत तथा पुर्नस्थापना केन्द्र स्थापना गरेको तमु धिं नेपालद्धारा आयोजित प्रशासकहरुसँग भूकम्प पीडितको अन्तरक्रिया कार्यक्रम बोल्दै थपलियाले पोखरा क्षेत्रबाट भूकम्प प्रभावित क्षेत्र गोर्खामा स्वतस्फूर्त १५ करोड राहत सामग्री पठाएको बताए।

खाद्य सामग्री, त्रिपाल र लत्ता कपडा समेत गरेर उक्त रकम बराबरको राहत सामग्री गोरखा पठाईएको उनको दावी थियो।

राहत सामग्री पठाउनका लागि नेपाली सेनाले सडक निर्माण कार्य गरिरहेको र बारपाक, लाप्राक गाँउमा गाडी पुगको बताउंदै राहतका लागि उत्तरी क्षेत्रमा ५ वटा हेलिप्याड निर्माण गर्ने बताए।

भूकम्पका पीडितहरुको पीडा आफूले मनन गरेको भन्दै उनले पोखराका पुर्नस्थापना केन्द्रमा रहेका पीडितहरु अन्य स्थानको पुर्नस्थापना केन्द्रमा रहेका पीडितहरु भन्दा भाग्यमानी रहेको जिकिर गरे।

भूकम्प पीडितका लागि पोखरामा स्थापना गरिएको पुर्नस्थापना केन्द्रहरुमा खाना बस्न लगायतका सेवा सुविधाहरु तुलनात्मक रुपमा राम्रो रहेको दावी गरेका छन्।

अन्तर्क्रियामा बोल्दै भूकम्प पीडितहरुले आफूहरु घरबारविहिन भएको भन्दै अब हामी कहाँ जाने भनेर प्रश्न गरेका थिए। उनीहरुले हामीलाई कहिले आफ्नै गाउँमा पुर्नस्थापना गरिन्छ भनेर सोधेका थिए। पीडितहरुले भूकम्पमा परेर विशेष गरेर महिला, वालवालिका तथा बृद्धबृद्धा बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका लागि राज्यको तर्फबाट के पहल भइरहेको भनेर जिज्ञासा राखेका थिए।

लाप्राककी माया गुरुङले प्रश्न गरिन्, ‘लाप्राक गाउँ नै सार्नुपर्ने अवस्थामा पुगेको छ, भूगर्भविद्हरु कहिले गाउँ जान्छन् ? र उनीहरुले भौगर्भिक अवस्था पत्ता लगाएर हामीलाई पुर्नबास गराईन्छ ? ।’ अस्पतालले गाविसको सिफारिस मागेर घाइतेहरुलाई उपचारपछि पुनः परिक्षण र औषधी किन्नमा समस्या परेको गुनासो समेत गरे।





Comments

comments

Leave a Reply

6590