फागनु २३ मा पल्सर स्पोर्ट्स अवार्ड २०७८

काठमाडौं, माघ ९– नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण आगामी फागनु २३ गते हुने भएको छ।

सोमबार मञ्चले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पल्सर स्पोर्ट्स अवार्ड २०७८ आगामी फागनु २३ गते हुने घोषणा गरेको हो । वि.सं. २०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्पmत सम्मान गरिनेछ । सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ । मञ्चको उक्त कम्पनीसँग १४औं वर्षको सहकार्य हो।

सम्झौतामा मञ्चका तर्पmबाट अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पु¥याएका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए । यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

यसअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्टलाई अवार्ड रहेका छन् । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्।

अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताए । यसका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ।

मञ्चका अध्यक्ष सुबेदीले अर्थतन्त्र नै शिथिल अवस्थामा रहेको समय हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद पक्ष रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले यो अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाँउमा उभ्याउने माध्यम बनिरहेको बताए।





Comments

comments

66014