हङकङमा जोखिमपूर्ण अवतरण गराएको भन्दै वायुसेवा निगमका तीन पाइलट कारबाहीमा

काठमाडौं, नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको छ।

प्राधिकरणले पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुश्वाहा र उद्‍ब घिमिरेलाई कारबाही गर्न सिफारिस गरेको हो।

गत शुक्रबार हङकङमा जोखिमपूर्ण ल्यान्डिङ गराएको र एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनसमेत नमानेको भन्दै प्राधिकरणले नेपाल वायु सेना निगमलाई तीनै जनालाई पाइलटलाई निलम्बनसहित कारबाही गर्न निर्देशन दिएको हो।

प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले नेपाल एयरलायन्सका तीन जना पाइलटलाई कारबाही सिफारिस गरेको पुष्टि गरे। हङकङको सिभिल एभियसनले नेपाल एयर लायन्सका ती पाइलटहरूले एटीसीको निर्देशन नमानेको जानकारी गराएको प्रवक्ता निरौलाको भनाइ छ।

‘हङकङको सिभिल एभियसनले हामीलाई जानकारी गराएपछि हामीले कारबाहीको सिफारिस गरेका हौं। यस विषयमा प्राधिकरणले छानबिन प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने।

यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो।





Comments

comments

66002