Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डाक्टर हत्यामा छोरी, ज्वाइँ र सासूलाई सर्वस्वसहित जन्मकैद

गौशाला, जेठ ६ – एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मङ्गलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।

जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय धर्मवीर सिंह, निजकी पत्नी १७ वर्षीया सोनी सिंह र सासू जिल्लाको ईटहर्वाकट्टी– ६ बस्ने अञ्जुदेवी सिंहलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको इजलासबाट सो फैसला गरी तीनै जनालाई जलेश्वर कारागारमा पठाइएको छ ।

जन्मकैद पाएका तीनै जनाले २०७० कात्तिक १९ गतेका राति जिल्लाको सरपल्लो– ३ बस्ने राजकुमार साहलाई जिल्लाको मनरा गाविस– १ स्थित उँखुघारीमा बोलाई धारिलो हत्यार प्रयोग गरी शरीरको विभिन्न भागमा काटेर हत्या गरेका थिए। चिकित्सक साहले हत्यारा धर्मवीरसिंहकी पत्नीलाई उपचारको क्रममा यौन दुव्र्यवहार गरेको भन्दै धर्मवीरले पत्नी र सासूसँग मिलेर हत्याको योजना बनाई साहको हत्या गरेका थिए।

विसं २०७० कात्तिक २० गते बिहान धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा साहको शव मनरा– १ स्थित उँखुघारीमा फेला परेको थियो।

सो घटनामा संलग्न रहेका तीनजनालाई प्रहरीले २०७० कात्तिक २१ गते पक्राउ गरी ल्याएपछि जिल्ला अदालतले उनीहरूलाई सोही मितिबाट पुर्पक्षका लागि जलेश्वर कारागारमा राखेको थियो। (रासस)





Comments

comments

Leave a Reply

6614